Subscribe Us

फरार कैदी पक्राउ गर्दै काभ्रे प्रहरी, १४४ जना पक्राउ

काभ्रे। जिल्ला अदालत काभ्रेले दोषी ठहर गरी फरार रहेका पाँचजना कैदीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । उनीहरु २०६१ देखि २०७१ सालसम्मका अदालतबाट जरिवानादेखि एक महिनासम्मको कैद सजाय भएका फरार कैदी हुन । 

उनिहरुसँग सरकारले कैद र जरिवाना असुल गर्न बाँकि थियो । पक्राउ पर्नेमा जिल्लाको नयाँ गाविस–६ निवासी ४६ वर्षीय रुद्रबहादुर बजगार्इं, पनौती नगरपालिका–१३ बस्ने सुमन लामा, पनौतीकै ५२ वर्षीय शालिकराम केसी, बनेपा–१० का विश्वराम प्रधान र उग्रतारा जनागाल गाविसका ३७ वर्षीय सन्तोष पोतेश्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये बजगाईंलाई आगो लगाउने मुद्दामा तीन वर्ष १० महिना २९ दिन कैद, लामालाई बहुविवाह मुद्दामा ११ महिना आठ दिन कैद र रु पाँच हजार जरिवाना, केसीलाई ज्यानसम्बन्धी मुद्दामा पाँच महिना १४ दिन कैद, प्रधानलाई लागुऔषध मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना र पोतेलाई जालसाजी मुद्दामा रु आठ हजार १२५ जरिवाना हुने गरी अदालतले फैसाला गरेको थियो । 

फरार रहेका कैदीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरि फैसाला कार्यन्वयनको लागी जिल्ला अदालतमा बुजाएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । २०७२÷७३ मा १४४ जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसाला कार्यन्वयनको लागी अदालत बुजाएको केसीले जनाए ।

Post a Comment

0 Comments