Subscribe Us

लोकमानको ज्वाइँ पोसाइ, भवानीको रावण हँसाइ

 काठमाडौं । ‘फँसायो–फँसायो, नराम्रोसँग फसाइदियो सालेले’ गत बुधबार खुइँया श्वास छोड्दै लोकमानले विरक्ति पोखे ।

अघिल्लो सरकारकी ऊर्जामन्त्री राधा ज्ञवालीले अदालतबाट सफाइ पाएपछि लोकमानको नूर नराम्रोसँग गिरेको छ । क्षेत्राधिकार मिचेर मन्त्रीलाई पदच्युत गर्ने र कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गर्ने हदको कामलाई अदालतले अस्वीकार मात्रै गरेन, भविष्यमा त्यस्ता काम गर्नलाई अख्तियराको बाटो बन्द पनि भएको छ ।


राधाकै जस्तो त्यही सरकारका खेलकुदमन्त्री पुरुषोत्तम पौडेल मन्त्रीबाट हटेका मामिला पनि केही दिनमा अदालतले यसरी नै सल्टाउन लागेको छ ।

यसरी लोकमानलई मुलुकका कार्यकारिणी मन्त्री जिस्क्याउन उक्साउने व्यक्ति रहेछन्, गोविन्द श्रेष्ठ । उनकै भनाईमा लाग्दा लोकमानले आफू फँसेको महसुस राधा ज्ञवालीले अदालतबाट सफाई पाएपछि गरेका छन् ।(बुधबार) जतिबेला निकस्टस्थहरुसँग लोकमान विरक्ति पोख्दै र्थि, त्यही त्यही बेला हो सचिवको कार्यकक्षमा अर्कै तमासा थियो ।

 अख्तियारभित्र लोकमानका दुई गलगाँड छन्, सहसचिव तथा प्रवत्तःा कृष्णहरी पुष्कर र निजी सचिव तथा प्रेस सल्लाहकार भवानी सुवेदी । प्रमुख आयुक्तलाई वरिपरीकै कर्मचारी लागेर फाएको महसुस भइरहँदा जिरो आवर मा सचिवको कोठामा बसेर कृष्णहरी र भवानी कर्मचारी सिध्याउने सूची उतार्दै हाँसिरहेका थिए । पुष्कर भन्दै थिए देख्ने भो सालेले बाऊको बिहे ।

पुष्करको कुरा सुनेर भवानी हाँसे, रावणले खित्का छाडेजस्तो । पुष्कर र भवानी दुवै आफूलाई एक नम्बरका कांग्रेस रुचाउँछन् । पुष्कर बाराका सिडिओ हुँदा बदनामा भएर फर्किएका व्यक्ति हुन् । जनआस्था साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments