Subscribe Us

श्रमिक लुट्नेलाई संरक्षण किन ?

काठमाडौँ – ‘जवानी र उमेर’ लाई खाडीको रियाल, दिराम र रिङ्गेटसँग साटेर टाट पल्टिन लागेको मुलुकलाई रेमिटेन्सबाट जोगाउने ‘महान दाता’हरुमा माथि बेइमानी गर्ने अनि लुट मच्चाउनेहरुले थालेको ‘कथित आन्दोलन’ अनि सरकारको नालायकीपन र ठूला मिडिया हाउसबाट अप्रत्यक्ष रुपमा दिइएको साथले लोकतन्त्रको धज्जी उडाइरहेको छ । 
 
ठगिएका र म्यानपावरबाट पीडित बनेर खाडीमा जवानी र उमेरलाई पैसासँग साटेर पाशविक जीवन बिताइरहेकाहरु माथि प्रहरीले लगाएको मल्हम पुछ्न खोजिरहेको छ ।

खुलेआम ठगी गरिरहेकाहरुलाई प्रहरी अधिकृत सर्वेन्द्रनाथ खनाल नेतृत्वको टिमले आफ्नो जवानी र उमेरलाई बिक्री गरेर मुलुक चलाउन सहयोग गर्ने ती महान नेपाली छोराछोरीमाथि न्याय गर्ने कोसीस गरिरहँदा म्यानपावर संस्थाको सिन्डिकेट नै खडा गरेर लुट मच्चाउनेहरुले कथित आन्दोलन थालेर लुटतन्त्र बचाइराख्न भएभरको शक्ति प्रयोग गरिरहेका बेला आम नेपीलीमाथि न्याय गर्ने कोसिसमा रहेका खनालसहितलाई पराजित हुन नदिन तमाम नेपालीको साथ र भरपर्दो सहयोगको खाँचो देखिएको छ ।

आकर्षक सेवा सुविधाको प्रलोभनमा पारेर वर्षौबाट ठगी गर्दै आएकाहरुमाथि धावा बोलेर खनालले खाडीमा रहेका हामी लाखौँ नेपालीमाथि न्याय गर्न खोजिरहँदा ठगहरुले बर्षौबाट चलाउँदै आएको ठगिधन्दा जोगाउन अन्तिम कसरत गर्नु जायज अनि सामान्य पनि छ । 
 
हरेक कोही आफ्नो आम्दानीको सहज स्रोत सजिलै गुमाउन चाहँदैन । त्यो नेपालीमा रहेको बेइमानी चरित्र अनि स्वभाव समेत हो । इमान्दारीपूर्वक राज्यलाई कर समेत नतिर्ने तपाईँ हामी बेइमानको भिडभित्र रहेका मानवतस्कर र लुट्न पल्केकाहरुले आन्दोलन गर्नु नेपाली राजनितिले दिएको शिक्षा अनि लोकतन्त्रका नाममा फष्टाएको राजनीति संरक्षित मनपरीतन्त्रको गतिलो उदारहण समेत हो ।

मेनपावर संस्थाका नाममा संगठितरुपमा ठगिमा संलग्नहरुमाथि खनाल नेतृत्वको बहादुर नेपाली सपुतको टिमले कार्बाही थाल्दा खाडीमा पिल्सिएको मन मा खुसीको संचार गरिदिएको छ । लोकतन्त्रका नाममा फष्टाएको राजनिति संरक्षित मनपरीतन्त्र र लुटतन्त्रमाथि खनाल लगायतले धावा बोलिरहँदा आँखामा हर्षका आँशु रसाएको छ । राम्रो र आकर्षक सेवा सुविधाका नाममा खाडी जाने नेपालीलाई ठगि गर्दै आएका अनि कानुनी रुपमा स्थापित म्यानपावरलाई प्रयोग गरेर अवैधरुपमा हुन्डीको कारोबार गर्दै आएकाहरुलाई पक्राउ गरेर खनाल नेतृत्वको प्रहरीले कार्बाही थालेपछि खाडीमा रहने हरेक नेपालीले खनालको जयजयकार गरिरहेका छन् ।

सामाजिक संजालका भित्ताहरुमा खनालको जयजयकार अनि ठगिमा संलग्नमाथि कडा कानुनी कार्वाहीको माग गरिरहेका छन् तर विडम्वना नेपालमा भने तिनै ठगि र अपराधमा सलग्नहरुलाई बचाउन अन्तिम कोसिस भइरहेको छ , त्यो पनि संगठित रुपमै । मुलुकको भ्रष्टाचार, मनपरीतन्त्र , कुशासनबाट आजित हुँदै जिउनका लागि शरीर र जवानी बेच्ने लाखौँ नेपालीलाई श्रमिक भन्ने र मान्ने नव धनाड्यहरुको गैरआवासीय नेपाली संघ अनि श्रमिकको हक, हित र अधिकारको गीत गाउने राजनितिक दलहरुका श्रमिक संगठनहरुले यो प्रकरणमा साँधेको मौनता पनि विचित्रको छ ।

आधार र प्रमाण सहित पक्राउ परेकाहरुलाई छाड्न सामुहिक रुपमा दादागिरी शैलिमा राज्य र सरकारलाई घुँडा टेकाउँदै लुटतन्त्र जारी राख्ने अघोषित मैदानमा उत्रिनेहरुलाई तह लगाउन किन सक्दैनन् श्रमिक संगठनहरु रु लाखौ नेपालीमाथि ठगि गर्नेहरु विरुद्द किन संगठनको औपचारिक धारणा सार्वजनिक गरेर नैतिक दबाव किन दिँदैनन् उनीहरु जनपक्षीय राजनितिको राग अलाप्नेहरु किन बोल्दैनन् यो विषयमा रु अनि ठूला संचार गृह र माध्यमहरु किन उनीहरुमाथि नैतिक दबाव पर्ने गरी जनपक्षीय पत्रकारिता गर्दैनन् रु किन भन्दैनन् प्रहरीले मुद्दा चलाइसकेपछि सम्मानित अदालतवाट निर्दोष प्रमाणित गरेर देखाओ कानुनी उपचारमा जाओ भनेर रु

एउटा नेता जी बिरामी पर्दा ठूलो महत्व दिने राष्ट्रिय स्तरका ठूला सञ्चार माध्यमको किन एजेन्डा बन्दैन खाडीमा लाखौँ नेपाली ठगिएको अनि बिचल्ली भएको खबर रु भरखरै सम्पन्न कांग्रेसको अधिवेशन जसको विषयमा हाम्रा जनपक्षीय पत्रकारहरुले दिनरात केही नभनी समाचार प्रवाह गरिरहेका छन् तर लाखौँ नेपाली ठगिएको अनि पीडीत भएको यो विषय अनि न्याय दिन चाहने प्रहरी अप्रेसन किन ‘मिसन’ बन्न सक्दैन रु ठूला सञ्चार गृहको मुख्य विज्ञापन स्रोत का रुपमा रहेका म्यानपावरहरुको विज्ञापन गुम्ने भयले यो विषयमा मौनता साँधिएको हो भने त्यो ठूलो धोका अनि बेइमानी हुने छ ।

खाडिमा रहेका लाखौ नेपालीका परिवार नै ती सञ्चारमाध्यमका पाठक र स्रोता हुन् भनेर सम्झदै न्याय गर्नु पर्छ कि पर्दैन रु भोलि त्यो ठूलो जमातले तिरस्कार गरिदियो भने के होला रु दलका नेता र कार्यक्रमको अघि पछि कुदेर समाचार बनाउँदैमा जनपक्षीय हुन सकिँदैनरु जनता माथि न्याय गर्न सक्नु पर्छ । लाखौँ नेपाली ठगिएको भनेर यति ठूलो प्रकरण बनिसकेपछि यो विषयलाई मिडिया हाउसहरुले मिसन बनाउँदै मुलुकलाई टाँट पल्टिनबाट जोगाउने ‘रेमिटेन्स’ दातामाथि न्याय गर्नु पर्छ कि पर्दैन रु

जता हेर्यो त्यतै बेइमान, माथिदेखि तलसम्म बेइमान अनि त्यो बेइमानहरुको भिड भित्रबाट बाहिर निस्केर देश र जनतामाथि न्याय गर्न खोज्ने खनाल नेतृत्वको बहादुर प्रहरी दस्ताको तारिफ र प्रसंसा जति गरे पनि सायद कमै हुनेछ । आफू समेत उमेर र जवानीलाई जिउनका लागि खाडीमा लुटाउने एउटा पात्र भएको नाताले म खनालको साहस अनि जनपक्षीय साहसिक निर्णयको सम्मान गर्दै भन्न चाहन्छु ‘खनाल सर मुलुकमै बेइमानहरुको राज चलिरहेका बेला तपाईँले उठाएको साहसिक जनपक्षीय कदम कसैको डर, धाक, धम्की, घुर्की र दबावसामु नडगमगाओस् । बेइमानसँग घुडा टेकेर आत्मसपर्पण गर्नुभन्दा सास रहुन्जेल डटेर तिनको ‘मुकाबिला’ गर्ने तपाईँलाई भगवान्ले सद्बुद्धी दिउन् ।’ नयाँपेज डटकमबाट
काठमाडौँ – ‘जवानी र उमेर’ लाई खाडीको रियाल, दिराम र रिङ्गेटसँग साटेर टाट पल्टिन लागेको मुलुकलाई रेमिटेन्सबाट जोगाउने ‘महान दाता’हरुमा माथि बेइमानी गर्ने अनि लुट मच्चाउनेहरुले थालेको ‘कथित आन्दोलन’ अनि सरकारको नालायकीपन र ठूला मिडिया हाउसबाट अप्रत्यक्ष रुपमा दिइएको साथले लोकतन्त्रको धज्जी उडाइरहेको छ । ठगिएका र म्यानपावरबाट पीडित बनेर खाडीमा जवानी र उमेरलाई पैसासँग साटेर पाशविक जीवन बिताइरहेकाहरु माथि प्रहरीले लगाएको मल्हम पुछ्न खोजिरहेको छ ।
खुलेआम ठगी गरिरहेकाहरुलाई प्रहरी अधिकृत सर्वेन्द्रनाथ खनाल नेतृत्वको टिमले आफ्नो जवानी र उमेरलाई बिक्री गरेर मुलुक चलाउन सहयोग गर्ने ती महान नेपाली छोराछोरीमाथि न्याय गर्ने कोसीस गरिरहँदा म्यानपावर संस्थाको सिन्डिकेट नै खडा गरेर लुट मच्चाउनेहरुले कथित आन्दोलन थालेर लुटतन्त्र बचाइराख्न भएभरको शक्ति प्रयोग गरिरहेका बेला आम नेपीलीमाथि न्याय गर्ने कोसिसमा रहेका खनालसहितलाई पराजित हुन नदिन तमाम नेपालीको साथ र भरपर्दो सहयोगको खाँचो देखिएको छ ।
आकर्षक सेवा सुविधाको प्रलोभनमा पारेर वर्षौबाट ठगी गर्दै आएकाहरुमाथि धावा बोलेर खनालले खाडीमा रहेका हामी लाखौँ नेपालीमाथि न्याय गर्न खोजिरहँदा ठगहरुले बर्षौबाट चलाउँदै आएको ठगिधन्दा जोगाउन अन्तिम कसरत गर्नु जायज अनि सामान्य पनि छ । हरेक कोही आफ्नो आम्दानीको सहज स्रोत सजिलै गुमाउन चाहँदैन । त्यो नेपालीमा रहेको बेइमानी चरित्र अनि स्वभाव समेत हो । इमान्दारीपूर्वक राज्यलाई कर समेत नतिर्ने तपाईँ हामी बेइमानको भिडभित्र रहेका मानवतस्कर र लुट्न पल्केकाहरुले आन्दोलन गर्नु नेपाली राजनितिले दिएको शिक्षा अनि लोकतन्त्रका नाममा फष्टाएको राजनीति संरक्षित मनपरीतन्त्रको गतिलो उदारहण समेत हो ।
मेनपावर संस्थाका नाममा संगठितरुपमा ठगिमा संलग्नहरुमाथि खनाल नेतृत्वको बहादुर नेपाली सपुतको टिमले कार्बाही थाल्दा खाडीमा पिल्सिएको मन मा खुसीको संचार गरिदिएको छ । लोकतन्त्रका नाममा फष्टाएको राजनिति संरक्षित मनपरीतन्त्र र लुटतन्त्रमाथि खनाल लगायतले धावा बोलिरहँदा आँखामा हर्षका आँशु रसाएको छ । राम्रो र आकर्षक सेवा सुविधाका नाममा खाडी जाने नेपालीलाई ठगि गर्दै आएका अनि कानुनी रुपमा स्थापित म्यानपावरलाई प्रयोग गरेर अवैधरुपमा हुन्डीको कारोबार गर्दै आएकाहरुलाई पक्राउ गरेर खनाल नेतृत्वको प्रहरीले कार्बाही थालेपछि खाडीमा रहने हरेक नेपालीले खनालको जयजयकार गरिरहेका छन् ।
सामाजिक संजालका भित्ताहरुमा खनालको जयजयकार अनि ठगिमा संलग्नमाथि कडा कानुनी कार्वाहीको माग गरिरहेका छन् तर विडम्वना नेपालमा भने तिनै ठगि र अपराधमा सलग्नहरुलाई बचाउन अन्तिम कोसिस भइरहेको छ , त्यो पनि संगठित रुपमै । मुलुकको भ्रष्टाचार, मनपरीतन्त्र , कुशासनबाट आजित हुँदै जिउनका लागि शरीर र जवानी बेच्ने लाखौँ नेपालीलाई श्रमिक भन्ने र मान्ने नव धनाड्यहरुको गैरआवासीय नेपाली संघ अनि श्रमिकको हक, हित र अधिकारको गीत गाउने राजनितिक दलहरुका श्रमिक संगठनहरुले यो प्रकरणमा साँधेको मौनता पनि विचित्रको छ ।
आधार र प्रमाण सहित पक्राउ परेकाहरुलाई छाड्न सामुहिक रुपमा दादागिरी शैलिमा राज्य र सरकारलाई घुँडा टेकाउँदै लुटतन्त्र जारी राख्ने अघोषित मैदानमा उत्रिनेहरुलाई तह लगाउन किन सक्दैनन् श्रमिक संगठनहरु ? लाखौ नेपालीमाथि ठगि गर्नेहरु विरुद्द किन संगठनको औपचारिक धारणा सार्वजनिक गरेर नैतिक दबाव किन दिँदैनन् उनीहरु जनपक्षीय राजनितिको राग अलाप्नेहरु किन बोल्दैनन् यो विषयमा ? अनि ठूला संचार गृह र माध्यमहरु किन उनीहरुमाथि नैतिक दबाव पर्ने गरी जनपक्षीय पत्रकारिता गर्दैनन् ? किन भन्दैनन् प्रहरीले मुद्दा चलाइसकेपछि सम्मानित अदालतवाट निर्दोष प्रमाणित गरेर देखाओ कानुनी उपचारमा जाओ भनेर ?
एउटा नेता जी बिरामी पर्दा ठूलो महत्व दिने राष्ट्रिय स्तरका ठूला सञ्चार माध्यमको किन एजेन्डा बन्दैन खाडीमा लाखौँ नेपाली ठगिएको अनि बिचल्ली भएको खबर ? भरखरै सम्पन्न कांग्रेसको अधिवेशन जसको विषयमा हाम्रा जनपक्षीय पत्रकारहरुले दिनरात केही नभनी समाचार प्रवाह गरिरहेका छन् तर लाखौँ नेपाली ठगिएको अनि पीडीत भएको यो विषय अनि न्याय दिन चाहने प्रहरी अप्रेसन किन ‘मिसन’ बन्न सक्दैन ? ठूला सञ्चार गृहको मुख्य विज्ञापन स्रोत का रुपमा रहेका म्यानपावरहरुको विज्ञापन गुम्ने भयले यो विषयमा मौनता साँधिएको हो भने त्यो ठूलो धोका अनि बेइमानी हुने छ ।
खाडिमा रहेका लाखौ नेपालीका परिवार नै ती सञ्चारमाध्यमका पाठक र स्रोता हुन् भनेर सम्झदै न्याय गर्नु पर्छ कि पर्दैन ? भोलि त्यो ठूलो जमातले तिरस्कार गरिदियो भने के होला ? दलका नेता र कार्यक्रमको अघि पछि कुदेर समाचार बनाउँदैमा जनपक्षीय हुन सकिँदैन? जनता माथि न्याय गर्न सक्नु पर्छ । लाखौँ नेपाली ठगिएको भनेर यति ठूलो प्रकरण बनिसकेपछि यो विषयलाई मिडिया हाउसहरुले मिसन बनाउँदै मुलुकलाई टाँट पल्टिनबाट जोगाउने ‘रेमिटेन्स’ दातामाथि न्याय गर्नु पर्छ कि पर्दैन ?
जता हेर्यो त्यतै बेइमान, माथिदेखि तलसम्म बेइमान अनि त्यो बेइमानहरुको भिड भित्रबाट बाहिर निस्केर देश र जनतामाथि न्याय गर्न खोज्ने खनाल नेतृत्वको बहादुर प्रहरी दस्ताको तारिफ र प्रसंसा जति गरे पनि सायद कमै हुनेछ । आफू समेत उमेर र जवानीलाई जिउनका लागि खाडीमा लुटाउने एउटा पात्र भएको नाताले म खनालको साहस अनि जनपक्षीय साहसिक निर्णयको सम्मान गर्दै भन्न चाहन्छु ‘खनाल सर मुलुकमै बेइमानहरुको राज चलिरहेका बेला तपाईँले उठाएको साहसिक जनपक्षीय कदम कसैको डर, धाक, धम्की, घुर्की र दबावसामु नडगमगाओस् । बेइमानसँग घुडा टेकेर आत्मसपर्पण गर्नुभन्दा सास रहुन्जेल डटेर तिनको ‘मुकाबिला’ गर्ने तपाईँलाई भगवान्ले सद्बुद्धी दिउन् ।’ नयाँपेज डटकमबाट 
- See more at: http://www.nepalese.org/article/2016/03/08/46671/#sthash.RHl21meB.dpuf

Post a Comment

0 Comments