Subscribe Us

ठमेलमा वेश्याबृत्ती चलाउने गिरोह प्रहरी फन्दामा

काठमाडौं । ठमेलको एक भोजनालयमा वेश्यावृत्ति गराई रहेको अबस्थामा प्रहरीले केही जोडीलाई रंगेहात पक्राउ गरेको छ । ठमेल क्षेत्रपार्टीस्थित भोजनालयबाट वेश्यावृत्ति गराइरहेको अवस्थामा सञ्चालक जनक थापासहितलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको सञ्चालक थापासहित यौनकार्यमा संलग्न भएको अवस्थामा सुमित्रा थापा, अनु भण्डारी र ज्योति थापालाई पनि नियन्त्रमा लिएको जनाएको छ । 

उनीहरुसँगै यौनकार्यमा संलग्न भएको अवस्थामा रामशरण थापा, राजु थापा, रामचन्द्र, भुपेन्द्र नाम गरेका युवालाई पनि पक्राउ गरिएको वृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

पक्राउ परेका सबैजनालाई वृत्तको हिरासतमा राखेर आवश्यक कारबाही अघि बढाइएको राठौरले जानकारी दिए ।पछिल्लो समय ठमेलमा यौन व्यवसाय फस्टाएपछि प्रहरीले बिशेष निगरानी बढाएको छ ।

Post a Comment

0 Comments