Subscribe Us

ग्रामर कलेजका लामाको छुरा प्रहारबाट मृत्यु



भक्तपुर, १ चैत्र । ग्रामर कलेज कोटेश्वर कक्षा ११ मा अध्यनरत २० बर्षीय बिजय लामाको छुरा प्रहारबाट मृत्यु भएको छ । 
मध्यपुर ठिमी नगरपालिका–१६ सानोठिमी र लोकन्थलीमा अवस्थित सुकुम्बासी बस्तिमा उनलाई वतन खुल्न नसकेका हिरा, सन्तोष, अर्पण राई नाम गरेका ब्यक्तिहरुले कुटपिट गरी पेटमा छुरा प्रहार गर्दा मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको मदरल्याण अस्पताल पेप्सिकोलाबाट सामान्य उपचार पछि थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उक्त घटनाका शंकास्पद काठमाडौं पेप्सिकोला बस्ने १९ बर्षीया असोक दाहाल समेत सामान्य घाइते भएकोले उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धानको लागि नुवाकोट चाउथे घर भएका सन्तोष लामालाई समेत नियन्त्रणमा लिएको छ । फरार अभियुक्तहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Post a Comment

0 Comments