Subscribe Us

झुट बोलेपछि ल्हारक्यालमाथी प्रहरी लगायो पोलिग्राफ

काठमाडौं । १४ राउन्ड गोली सहित पक्राउ परेका एमाओबादी सभासद ल्हारक्याल लामालाई प्रहरीले पोलिग्राफ टेष्ट गराउन थालेको छ ।

लामाको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा फेला परेको १४ राउन्ड गोली आफ्नो नभएको बयान दिएपछि प्रहरीले उनलाई पोलिग्राफ टेष्ट गराउन खोजेको हो । मंगलवार पोलिग्राफ गर्न प्रहरी प्रधान कार्यालय लगिएका लामाले आफू अस्वस्थ छु भन्दै परीक्षण गर्न अस्विकार गरे । 

लामाले भारतमा बस्ने एक व्यक्तिले उक्त गोली राख्न दिएको दाबी गर्दै आएका छन् । कानूनले अबैध हतियार राख्न, दिन तथा ओसार पसार गर्ने बन्देज गरेको छ । आइतबार अख्तियार दुरुपयोग अनसुन्धान आयोगले  दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको लकर खोल्दा उक्त अबैध गोली बरामत भएको थियो ।  गोली बरामत भएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको थियो ।
 


Post a Comment

0 Comments