Subscribe Us

यि हुन अर्काको जग्गामा जबरजस्ती डोजर चलाउने डन,
प्रहरीकै आडमा गुण्डागर्दी

काठमाडौं । गुण्डागर्दी माथी महानगरीय प्रहरी आक्रमक रुपमा पस्तुत भएपछि राजधानीमा कहलिएका डन यतिखेर गुमनाम छन् । तर केही दलालले कथित प्रहरीको आडमा टोलका चुल्ठे, मुन्द्रेलाई गुण्डागर्दीमा सक्रिय गराउन थालेको समाचार पाप्त भएको छ । 

घर जग्गा व्यापारी दोलखाका दिपककुमार राउतले कोटेश्वर क्षेत्रका आभारा सिजललाई केही रुपैंयाको प्रलोभन देखाई गुण्डागर्दीमा सक्रिय गराउन थालेका हुन । राउतले गोठाटारमा बैना गरेको ८ रोपनी जग्गामा बिबाद आएपछि सिजल जस्ता बिरोजगार युबाको प्रयोग गरी स्थाईनियलाई तर्साउन थालेका छन् । ८ रोपनी जग्गा बैना गरी प्लटीङकोे सुरुवात गरेका राउतले अन्य व्यक्तिको जग्गामा समेत आँखा लगाउँदै जबरजस्ती बालि काटेर डोजर चलाएपछि स्थाईनिय आक्रोशित बनेका थिए । 

बालि काटेपछि १० हजार जरिवाना तरेर त्याहाबाट ज्यान जोगाएर फरार भएका राउतले भोली पल्ट सिजलको नेतृव्यमा  २५ वटा मोटर साईकलमा गुण्डा लिएर गोठाटार पुगेको सिब चापागाँईले बताए । ८ रोपनी जग्गा प्लटीङ गर्ने मिलाई दिने चापागाँईलाई राउतले कि अर्को ८ रोपनी जग्गा मिलाई देउ कि मेरो ढेड करोडको तिन करोड देउ भन्दै धम्क्याएका थिए । उनले उक्त पैसा असुल्न एक प्रहरी निरक्षकको समेत दुरुप्रयोग गर्न थालेका छन् । 

ति प्रहरी निरक्षकले चापागाँईलाई तेरो नाममा ईन्काउन्टर निस्केको छ, यात गर भन्दै  तर्साएको भन्दै पीडित चापागाँईले महानगरीय प्रहरी परिसरमा ज्यान धनको सुरक्षा गरी पाँउ भन्दै निबेदन दिएका थिए । यस बिषयमा परिसरले प्रहरी निरक्षकलाई मंगलवार कारवाहीको चेतावनी दिदै सचेत गराएको थियो । राउतले एमाले नेतृ निरु पाल र अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालको नाम समेत बदनाम गर्दै आएको स्रोतले बताएको छ ।

Post a Comment

0 Comments