Subscribe Us

तराईमा दुई प्रदेश हुनुपर्छ : भट्टराई

पर्सा । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई विकास र आर्थिक समृद्धिको बाटामा लैजान नसके प्रतिगमनको खतरा रहेको बताउनुभएको छ ।


वीरगन्जमा आज नयाँ शक्तिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुकमा बेरोजगारी, गरिबी र असमानता रहे लोकतन्त्र, गणतन्त्र कमजोर हुँदै निरङ्कुशता फर्किने खतरा छ ।”

संयोजक डा भट्टराईले अबको कार्यभार विकास तथा समृद्धि भएकाले त्यसलाई पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले विगतमा भएका सहमति र विभिन्न आयोगले दिएको प्रतिवेदनका आधारमा तराईमा दुई प्रदेश हुनुपर्ने बताउनुभयो ।

Post a Comment

0 Comments