Subscribe Us

काभ्रेमा गोली चल्यो, २० वर्षीय तामाङको मृत्यु


काभ्रेपलान्चोक, ७ चैत । काभ्रेपलाञ्चोक जिल्लाको सल्लेरीमा गोली चलेको छ । गोली लागेर २० वर्षीय प्रतिष तामाङको मृत्यु भएको छ । 

साथीसँग भएको सामान्य विवादमा कासीखण्ड नगरपालिका व्यास–२ स्थित सल्लेरीका तामाङको नाकमा गोली लागेको र अत्यधिक रक्तश्राव भएका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 आफ्नै साथीलाई गोली चलाउने अरुण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

Post a Comment

0 Comments