Subscribe Us

कोकिन ट्रान्जिट बन्दै काठमाडौं


काठमाडौं, १६ चैत । ब्राजिल, दुबई हुँदै बिहीबार काठमाडौं आइपुगेकी साउथ अफ्रिकी ३७ वर्षीया महिला एमपाथोनी एससाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको आगमन कक्षबाट सहजै बाहिरिइन् ।

फ्लाई दुबईबाट चैत ११ गते विमानस्थल उत्रिएकी उनकोख साथमा केही कपडा र केही स्याम्पुका बट्टा थिए । भन्सार जाँचमा कुनै अवरोध भएन, उनी ट्याक्सी लिएर सरासर ठमेल पुगिन् र एउटा होटलमा बसिन् । त्यसको तीन दिनपछि १४ गते एमसाइन बसेकै होटलमा आइपुगिन्, भारत नागाल्यान्डकी ४१ वर्षीया मेर्सी ।



दुवै जना होटलको एउटै कोठा थिए, त्यतिबेलै सादा पोसाकमा लागुऔषध नियन्त्रण व्युरो टोली पुग्यो । टोलीले दुवै जनालाई सामानसहित नियन्त्रणमा लिएर कोटेश्वरस्थित कार्यालय पुर्यायो । बरामद स्याम्पुको बट्टामध्ये चार वटामा रहेको झोल जाँच्दा त्यो पदार्थ नुहाउने होइन, लागुऔषध कोकिन पो रहेछ ।

व्इुरोका डिआइजी जयबहादुर चन्दका अनुसार अफ्रिकी युवती एकपाथोनी कोकिन तस्करीका सक्रिय समूहकी सक्रिय भरिया हुन् । अनुसन्धानमा खुल्यो – ब्राजिल र पेरुको कोकिन भारत, फिलिपिन्स हुँदै युरोपेली देशसम्म पुर्याउँदै आएकी उनी पहिलोपटक नेपाल आएकी नागरिक दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments