Subscribe Us

धरौटीमा रिहाभए लगत्तै लामा ठगी काण्डमा पक्राउ


काठमाडौं, ८ चैत । लकरमा १४ राउण्ड गोली सहित पक्राउ परेका एमाओवादी पुर्व सांसद ल्हारक्याल लामा धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६६ हजार ७ सय रुपैयाँ धरौटी माग गरेपछि छुटेका लामालाई छुट्नासाथ प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीका नाममा ठगी गरेको उजुरी परेकाले लामालाई वैदेशिक रोजगार विभागमा लगेको प्रहरीले जनाएको  । उनीमाथी यस अघि नै वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोप लागेको थियो ।

वैदेशिक रोजगार विभागले लामासँग केही कुरा बुझ्नु पर्ने भएकाले उपस्थित गराउन पत्राचार गरेकाले विभाग पठाएको महानगरिय प्रहरी परिसरका एसपी प्रधुम्न कार्कीले बताए ।  

Post a Comment

0 Comments