Subscribe Us

होली सुरक्षित बनाउन पुर्वाञ्चलका १६ जिल्लामा ५ हजारबढी प्रहरी परिचालन

धनकुटा, ९ चैत । होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीले पुर्वाञ्चलमा विशेष सुरक्षा सतर्कता अपनाएको छ । पुर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार पुर्वाञ्चलका १६ जिल्लामा होलीलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्नका लागि ५ हजार ३५ जना प्रहरी परिचालन गरिएको छ । 

होली पर्वलाई मर्यादित र हर्षोउल्लासका साथ मनाउने वातावरण निर्माण गर्न तथा आपराधिक एवं गैरकानुनी गतिविधी नियन्त्रण गर्न मातहतका सबै जिल्लामा निर्देशन दिईएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रहरी कार्यालयहरुबाट प्राप्त सुरक्षा योजना अनरुप एकीकृत सुरक्षा योजना बनाई होलीको समयमा पर्याप्त जनसक्ती परिचालन गरिएको हो । 

चाडपर्वका नाममा हुने बिकृती एवं गैरकानुनी गतिविधीलाई निरुत्साहित एवं नियन्त्रण गर्न तथा ट्राफिक नियमको पालना गराउँन मातहतका सबै प्रहरी कार्यालयहरुबाट चेतनामूलक प्रचार प्रसार अभियान चलाई सकिएको  क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

 उनका अनुसार चाडपर्वका वेला महिलामाथी हुने दुब्र्यवहार, जबरजस्ती रंग दल्ने, फोहोर पानी छ्याप्ने, लोला हान्ने जस्ता बिकृतीजन्य कामलाई रोक्न प्रहरीले धेरै स्थानमा पिकेट डिउटी, गाडी मोवाईल, पैदल गस्ती, क्युआरटी मोटरसाइकल तथा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । 

मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने तथा हेल्मेट नलगाई मोटरसाइकल चलाउने जस्ता ट्राफिक नियमको उल्लघन गर्नेलाई कडाईका साथ निगरानी गरी कारबाही गरिने छ । त्यसका लागि बिभिन्न स्थानमा ट्राफिक सहित स्थानीय प्रहरीले संयुक्त चेक प्वईन्ट राखिएको छ ।

 सुरक्षा योजना अनरुप आवश्यक परेको बखत तत्काल परिचालन गर्न सक्नेगरी दंगा, गण तथा मेची, कोशी र सगरमाथा गरी तिनवटै अञ्चलमा रहेका गुल्महरुमा आवश्यक संख्यामा रिजर्भ टोली समेत तैनाथ गरिएको प्रहरी नायव उपरीक्षक पंगेनीले बताए ।

होली पर्वलाई सुरक्षीत, मर्यादित र हर्षोउल्लासका साथ शान्तिपुर्ण रुपमा मनाउँन क्षेत्रीय प्रहरी कार्यालयले सवैमा आग्रह पनि गरेको छ ।  

Post a Comment

0 Comments