Subscribe Us

राउत राजधानी, विप्लव पोखरा

१७ चैत, काठमाडौं ।
०४६ सालदेखि लगातारजसो २४ चैतलाई जनआन्दोलन दिवसका रुपमा मनाउँदै आएका एकथरी कम्युनिष्ट यतिबेला त्यसको तयारीका लागि भन्दै पोखरातिर थुप्रिएका छन् भने मधेसलाई नेपालबाट टुक्राएर अलग्गै राज्य निर्माण अभियान सञ्चालन गर्दै आएका सिके राउतचाहिँ तराईबाट राजधाी छिरेका छन् ।

विप्लव माओवादीले देशभरका पार्टी युनिट सचिवलाई पोखरा डाकेर प्रशिक्षण चलाइरहेको छ । २४ गते प्रतिकात्मक कुनै धक्काको कार्यक्रम ल्याउने योजना थियो तर समय अभावका कारण देखाउँदै ७ जेठमा शक्ति प्रदर्शनको मनस्थिती बनाइएको छ ।
उता राज्य विद्रोहको अभियोगमा विशेष अदालतको तारिख थेग्न अस्ति सोमबार जनकपुरबाट जहाजमा काठमाडौं ओर्लिएका सिके पाटनतिर कसैको डेरामा सेल्टर लिएर भेटघाटमा जुटेको बताइन्छ । जनआस्था साप्ताहिकमा खबर छ । 

Post a Comment

0 Comments