Subscribe Us

चीनसँग इन्धनमा उधारो सहमति

११ चैत, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा दुई देश बिच १५ बुँदे संयुक्त विज्ञप्ती जारी भएको छ ।

राजनीतिकक आर्थिक तथा पारस्परिक सहयोका विषयमा बिभिन्न सम्झौतासहित समुक्त विज्ञप्ती जारी भएको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

गत महिना भारत भ्रमणको क्रममा भने संयुक्त विज्ञप्ती जारी भएको थिएन । विज्ञप्तीमा पेट्रोलियम पदार्थको व्यासायिक कारोबार सम्बन्धी सम्झौता चाँडै गर्ने उल्लेख छ । तर, कहिले सम्म गर्ने भन्ने बारे समयसीमा तोकिएकेा छैन ।

भारतीय सीमानाकामा ५ महिना लामो अवराध भएपछि चीनँंग इन्धन खरिद सम्झौता गर्न सरकारमाथि व्यापक घरेलु दवाब परेको थियो ।  यसअघिका सम्झौंतामा यो विषय समावेश नभएको प्रति मुलुकभित्र तिब्र आलोचनासमेत भएको थियो ।

कतिपले भारतको दवाबमा इन्धन सम्झौता हुन नसकेको बताएका छन् । जसकारण चीनसँग उधारोमा इन्धन सहमति भएको बताइएको छ ।

Post a Comment

0 Comments