Subscribe Us

डनको डिस्को उद्घाटन गर्दै मन्त्री


काठमाडौं । पहिलो संबिधान सभाको चुनावपछि गृहमन्त्री बनेका बामदेब गौतमले अब काठमाडौंमा डान्स र डिस्को खोल्न पाईने छैन भन्दै भाषण ठोके । उनले आफ्नो कार्यकाल भरी डान्स र डिस्को बन्द गराउन खोजे तर सफल भएनन् । 

संबिधान जारी भएसंगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका बलबहादुर महतले ठमेलमै एक डिस्को उद्घाटन गरे । बिबादस्पद व्यक्तिको लगानी रहेको  ‘इविजा डिस्कोको मन्त्री महतले शनिबार उद्घाटन गरे । पछिल्लो समय ठमेलमा डिस्को खोल्नेको होडबाजी नै चलेको छ । 

यस्तो डिस्कोमा प्रहरीको समेत लगानी हुने गरेको स्रोत बताउँछ । इविजा क्लव ६ महिना देखि सञ्चालन हुँदै आएतापनि त्याहाका सञ्चालकले आफ्नो पहुँच देखाउन मन्त्री ल्याएर उद्घाटनको नाटक गरेको ठमेलका एक व्यापारीले बताए । उक्त डिस्को फायर क्लव समुहले सञ्चालनमा ल्याएको हो ।

 ठमेलको  नरसिंहचोकमा खोलिएको क्लबमा दवाङ तामाङ, राजु दनै, राम थापा र वकिल बमलगाएतले दुई करोड लगानी गरी डिस्को सञ्चालन गरेको स्रोत बताउँछ । ठमेलमा गुण्डागर्दी गरेको आरोपमा बमलाई तत्कालिन एसएसपी रमेश खरेलले पक्राउ गरी केही सार्बजनिक अपराध मुद्दा लगाएका थिए । उनै बमको डिस्को अहिले मन्त्री महतले उद्घाटन गरेका हुन  ।





Post a Comment

0 Comments