Subscribe Us

पूर्वका गाउँ विप्लव माओवादीको कब्जामा

काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा माओवादीले पूर्वका जिल्लाहरुमा कब्जा जमाएका छन् । सुदुरपश्चिमका जिल्ला तथा गाउँमा आफ्नो संगठनलाई मजबुद बनाएको दावी गर्दै आएको विप्लवले पूर्वी जिल्लाहका गाउँ गाउँमा कब्जा जमाउँदै संगठन विस्तारलाई तीव्र बनाएको छ ।

पार्टी अध्यक्ष विप्लवको समेत उपस्थितीमा पार्टी संगठन निर्माण अघि बढाएको हो । केही दिनअघि मात्रै पार्टीको कार्यकर्ता प्रशिक्षणका लागि भन्दै ‘विप्लव’ खोटाङको हलेसी पुगेका थिए ।

पार्टीको युवा संगठन ‘राष्ट्रिय युवा जन स्वयंसेवक’ ले संचालन गरेको मेची–महाकाली अभियान समेत निकै प्रभावकारी भएको सगरमाथा उप ब्यूरो इन्चार्ज दिपेश राईले बताए । सगरमाथा उप ब्यूरो अन्तर्गत खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर गरि चार जिल्ला छन् ।

१० वर्षे सशस्त्र संघर्षभन्दा पृथक ढंगबाट युद्ध गर्ने बताउँदै आएका विप्लव माओवादीले युद्धको तयारी अन्तिम चरणमा पुगेको दावी गर्दै आएको छ । पछिल्लो समय हतियार व्यवस्थापनका लागि चिनियाँ सञ्जालसँगको व्यापक छलफलमा विप्लव माओवादी रहेको समेत स्रोतको भनाई छ ।

विप्लवले हालसम्ममा कम्तिमा १० हजार नयाँ तथा पुराना हतियार संकलन गरिसकेका छन् । उनले सुदुरपश्चिम र पूर्वका गाउँबाट हतियार उठाउने तयारी थालेका छन् ।

Post a Comment

0 Comments