Subscribe Us

‘स्वतन्त्र तिब्बत’ गतिविधि रोक्न चिनियाँ सेनाको आग्रह

काठमाडों । चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष स्यु छिल्याङले प्रतिरक्षा रणनीतिमा सहकार्य बढाउन नेपाली सेनासँग आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी निजपिङले नेपालसँग दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न चाहेको बताएलगत्तै मंगलबार उपाध्यक्ष स्युले चीन भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटेर प्रतिरक्षा सहकार्यको प्रस्ताव राखेका आजको नागरिक दैनिकमा समाचार छ ।

राष्ट्रपति जिनपिङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष स्यु चीनको प्रतिरक्षा मामिला प्रमुख मानिन्छन् । चीनको जनमुक्ति सेनाका प्रमुख फाङ फेङगुइ आयोगका सदस्य छन् ।
Army-chief-Rajendra-Chhetri
उपाध्यक्ष स्युले प्रधानमन्त्री ओली र चिनियाँ नेतृत्वबीच भएको राजनीतिक सहमति कार्यान्वयनको अपेक्षा गर्दै क्षेत्रिय शान्ति तथा स्थिरताका लागि रणनीतिक सहकार्य बढाउन आग्रह गरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार विहान भएको भेटमा उपाध्यक्ष स्युले नेपालमा चीनविरोधी गतिविधि रोक्न सफल भएकोमा नेपाली सेनालाई धन्यबाद दिँदै प्रतिरक्षा, सुरक्षा, सूचना आदानप्रदान, मानवीय सहायता तथा प्रकोप नियन्त्रणमा बलियो सहकार्य गर्ने बताए ।

प्रधानमन्त्री ओली चीनबाट फर्केकै दिन बेइजिङ पुगेका नेपाली सेनाका प्रधान सेनापति क्षत्रीसँग सोमबार दिउँसो भेटेर चीनको जनमुक्ति सेनाका प्रमुख फङ फेङगुइले नेपालमा स्वतन्त्र तिव्वत गतिविधि रोक्न थप सहकार्यको प्रस्ताव गरेका थिए ।

Post a Comment

0 Comments