Subscribe Us

सातबर्ष देखी साउदीमा बन्धक मनमाँया

भरत प्रधान, साउदी अरब, ३ चैत । सात वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको नेपाली महावाणिज्य दूतावासको पहलमा उद्धार गरिएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हँुदै घरेलु कामदारका लागी साउदी पुगेकी मोरङ, सुन्दरपुरकी ३० वर्षीय मनमाया गुरुङको जेद्धास्थित रहेको नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो ।

जेद्धाबाट करिब ४ सय किलोमिटरको दुरीमापर्ने ताइफस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित मनमायालाई उद्धार गरी मङ्गलबार नै स्वदेश पठाइएको दूतावासका कार्यबाहक महावाणिज्यदूत रेवतीरमण पौडेलले जानकारी दिएका छन् । 

एकसाताको निरन्तर प्रयासपछि उनको उद्धार सम्भव भएको पौडेलले बताए । मनमायाको भाइमार्फत बन्दी बनाइएको जानकारी पाएपछि हामीले साउदी नागरिकको घरमा टेलिफोन गरेर बुझ्ने प्रयास गयाँैं, तर साउदी नागरिकले आफ्नो घरमा कोही पनि नेपाली महिला कामदार नभएको जिकिर ग¥यो । त्यसपछि प्रहरी प्रशासन ल्याउने र कारबाही गर्ने जस्ता दबाब दिन थालेपछि साउदी नागरिकले मनमाया आफ्नो घरमा भएको स्वीकार गरेको पौडेलले जनाए । 

हामीले मनमायालाई सो घरबाट भगाउने होकी भनेर सोच बनाएका थियाँैं, तर पटक÷पटकको दबाबपछि साउदी नागरिकले सोमबार दूतावासको कार्यालयमै मनमायालाई लिएर आयो । उसले १० वर्षको भिसा लगाएर ल्याएको भन्दै अझै तीन वर्ष स्वदेश जान नदिने जिकिर गरेको पौडेलले जानकारी दिए ।

दूतावास आइपुगेकी मनमायाको स्वास्थ्यस्थिति निकै कमजोर थियो । वर्षौदेखिको बन्दी जीवनले उनी नेपाली भाषा समेत राम्रोसँग बोल्न नसक्ने अवस्थामा पुगेकी थिईन । उनका अनुसार पीडित मनमायाले तीन वर्षदेखि काम गरेको तलबसमेत पाएकी थिइनन् ।

दूतावासको आग्रहलाई स्वीकार गरी साउदी नागरिकले मनमायालाई स्वदेश फर्काउन सहमत भएको र उनलाई दिनुपर्ने बाँकी तलब १३ हजार साउदी रियल समेत भूक्तानी गरेको पौडेलले जानकारी दिए । पौडेलका अनुसार दूतावास आइपूगेकी मनमायाले आत्महत्या गर्ने भन्दै तरल पर्दाथसहितको सिसी लिएर आएकी थिइन् ।

उनलाई धेरै चिन्तित नहुन र गलत काम नगर्न दूतावासका कर्मचारीले सम्झाइबुझाई गरेका थिए । उद्धार गरिएकी मनमायालाई आवश्यक यात्रा अनुमतिपत्र बनाई मङ्गलबार नै कतार ऐयरवेयज मार्फत् स्वदेश पठाइएको हो ।

पीडित मनमायाको स्वदेश फिर्तीका लागि साउदी नागरिकले हवाई टिकटको समेत व्यवस्था गरेको दूतावासले जनाएकोे छ । सात वर्षअघि विदेसिएकी मनमायाको चार वर्षदेखि घरपरिवारसँग सम्र्पक हुनसकेको थिएन । साउदीमै रहेका उनका भाइ पूर्णबहादुर गुरुङले दुई साताअघि मात्र दूतावासलाई आफ्नी दिदीको खोजी गरी उद्धार गरिदिन आग्रह गरेका थिए ।

वर्षौपछि दिदीलाई भेट्न पाउदा र दिदीको सकुशल उद्धार गरी स्वदेश पठाउन पाउँदा निकै खुसी लागेको गुरुङले प्रतिक्रिया दिए । सात वर्षको बन्दी जीवनले दिदीको मानसिक सन्तुलनमा समेत असर पुगेको उनले बताए । 

स्वदेश फर्कने आशासमेत मारेकी मनमाया अन्ततः स्वदेश फर्कन सफल भएकी छिन् । उनको परिवारमा श्रीमान्, एक छोरा र एक छोरी छन् ।

सरकारले साउदी अरबसँग घरेलु (महिला) कामदारसम्बन्धी श्रम सम्झौता प्रक्रिया अगाडि बढाइरहेको भए पनि पछिल्लो समय भने महिला कामदार असुरक्षित रहेको यस्ता घटना सार्वजनिक भइरहेका छन् ।

रोजगारीका लागि यहाँ आउने अधिकांश घरेलु महिला कामदार शारिरीक, मानसिक तथा यौन हिंसालगायतका घटनाबाट पीडित बन्ने गरेका छन् । महिला कामदारको सुरक्षाको पूर्णरुपमा प्रत्याभूति नभएसम्म घरेलु कामदारसम्बन्धी श्रम सम्झौता गरिए थप समस्या निम्तिने देखिन्छ ।

साउदी अरबमा घरेलु महिला कामदारमाथि शारिरीक, मानसिक तथा यौन हिंसा चर्को भएपछि सरकारले हाल साउदी आउन घरेलु महिला कामदारलाई प्रतिबन्ध लगाएको जनाए पनि मानव तस्कर मार्फत् गैरकानुनी बाटो हुँदै साउदी आउने क्रम भने रोकिएको छैन ।

आप्रवासी महिला कामदारलाई असुरक्षित र अमर्यादित काममा लगाइनु, तलब सेवा सुविधाबाट वञ्चित गरिनु, घरपरिवारसँग सम्र्पक गर्न नदिनु तथा बन्दी बनाइनुलगायतका समस्याका कारण अन्य देशले समेत साउदीमा महिला कामदार पठाउन बन्देज लगाएको बताइएको छ ।


अर्कैको पासपोर्टमा साउदी पुगेकी रहेछिन मनमाया

उद्धार गरिएकी चेली मनमाया भए पनि उनी अर्कैको राहदानी मार्फत साउदी अरब आएको रहस्य खुलेको छ । उनी आफ्नो नामको राहदानीबाट नभई सुमित्रा चौधरीको नाममा जारी भएको राहदानीमार्फत साउदी आएको बुझिएको छ । 

नाम अर्कैको उल्लेख भएको राहदानी भए पनि फोटो भने मनमाया कै टाँसिएको दूतावाले जनाएको छ । राहदानीको दुरुपयोग गरी मावन तस्करले दिल्लीको बाटो हँुदै गैरकानुनी ढङ्गबाट सहजै रुपमा मनमायालाई साउदी पु¥याएको देखिन्छ । उक्त राहदानी सुनसरीबाट जारी गरिएको छ ।

Post a Comment

0 Comments