Subscribe Us

वनमा डढेलो लागेपछि खानेपानी आपूर्ति बन्द

म्याग्दी । म्याग्दीको भगवती–७ स्थित गोल्पाको वनमा लागेको डढेलोका कारण पाइप नष्ट भएपछि खानेपानी आपूर्ति बन्द भएको छ ।


मङ्गलबार आगोलागी हुँदा राममन्दिर टोलमा खानेपानी आपूर्ति गर्ने पाइप पोलिएको थियो । डढेलोले थोटनेरी खानेपानी आयोजनाको ३५० मिटर ४० एमएमको पाइप जलेकाले खानेपानी आपूर्ति बन्द भएको हो ।

पाइप जलेपछि भगवती–२ मा पर्ने रामन्दिर खौरेटा टोलका २०० घरधुरीमा खानेपानीको हाहाकार भएको स्थानीय बासिन्दा तोरण केसीले जानकारी दिए ।

Post a Comment

0 Comments