Subscribe Us

गिता राणाद्धारा सरकारी ढुकुटीको करोडौ रकम हिनामिना

काठमाडौं । विद्यालयलाई विद्या आर्जन गर्ने पवित्र मन्दिरका रुपमा लिइन्छ । तर, शिक्षाका नाममा स्थापना भएका विद्यालयहरु करोडौ रकम छलि गरी सञ्चालन भइरहेका छन् । 

विद्यालय सञ्चालन गरेकै भरमा राजनीतिक दलको विश्वासपात्र बनेकी गीता राणाले सञ्चालन गरेको ग्यालेक्सी पब्लिक स्कुलले राज्यको आँखामा छारो हाल्दै करोडौ रकम हिनामिना गरेको तथ्य फेला परेको हो । 

विद्यालय दर्ता गर्दा जिल्ला शिक्षा कार्यालयमा राख्नुपर्ने करोडौं धरौटी रकम आफुखुसी शैक्षिक समाज नामक सहकारीकी अध्यक्ष समेत रहेकी राणाले नवक्षितिज सहकारी सस्था डिल्लीबजारमा राखेको यतिखेर खुलेको छ ।
 
 उक्त रकम जिल्ला शिक्षा कार्यालयलाई थाहा नै नदिइ गायव बनाएको काठमाडौं जिल्ला अदातलमा सहकारीका अध्यक्ष विभूतिजराज पाण्डेले दायर गरेको मुद्दामा उल्लेख छ । राणाकै पहलमा अन्य १६ वटा विद्यालयको लाखौं रकम पनि नवक्षितिज सहकारी संस्थामा राख्न लगाई राणाले आफु शैक्षिक समाज सहकारीको अध्यक्ष भएको बेलामा नै रकम गायव बनाएकी थिइन् । 

 उक्त रकम उठाउन बारम्बार ताकेता गर्दा पनि रकम फिर्ता नगरेपछि ठगीको अभियोगमा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा २०६४ सालमा रकम उठाइ दोषीलाई कारबाही गर्न विभूतिजराज पाण्डेले मुद्दा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ । तत्कालिन जिल्ला प्रहरी कार्यालय काठमाडौंले ठगीको मुद्दालाई सरकारी वकिल सुरेन्द्रबहादुर थापाको जिम्मा लगायो ।

  तर, रकम हिनामिना गर्ने गीता राणा भने फरार रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख गरियो । हाल राणा फोरम लोकतान्त्रिकको तर्फबाट सभासद् समेत भएकी छिन । तर, प्रहरी भन्छ फरार । यसले पनि के देखाउँछ भने ठूलाले जे गरे पनि हुन्छ । राणाले सञ्चालन गरेको शैक्षिक समाज सहकारी सस्था भने हाल अस्तित्वमा नरहेको सहकारी डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । 

विभिन्न १६ वटा विद्यालयले जिल्ला शिक्षा कार्यालयको अनुमतिमा सरकारी बैक खातामा राख्नु पर्नेमा नवक्षितिज सहकारीमा राख्न दिनु नै जिल्ला शिक्षा कार्यालय काठमाडौले गैरकानूनी काम गरेको पुष्टि हुन्छ । जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुको पनि मिलेमतोमा उक्त रकम हिनामिना भएको जिल्ला शिक्षा कार्यालयका एक कर्मचारी बताउँछन् । राणाले २०६३ सालमा ऋण भनि सरकारी ढुकुटीको एक करोड ७४ लाख २२ हजार एक सय ८४ रुपैयाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरी आफुले सञ्चालन गरेको शैक्षिक समाज सहकारीले तिर्छ भन्दै बहाना बनाएपछि जिल्ला अदालतमा ठगीको मुद्दा दायर भएको थियो ।

  तर, यो ठगीको मुद्दा किनारा लागेपनि रकम भने उठेको छैन । उक्त रकम जिल्ला शिक्षा कार्यालयको खातामा रहनु पर्नेमा जिल्ला शिक्षा कार्यालयलाई राणाले दवाबमा राख्दै आएका कारण उनले रकम तिर्न मानेकी छैनन् । अदालतबाट ठगी भएको पुष्टि भइसक्दा समेत प्रहरीले राणालाई पक्राउ गरि उक्त रकम उठाई कारबाही गर्न सकेको छैन । 

राणाले रकम गायव गर्ने मनसायले इन्टरनेसनल स्कुल चावाहिल, न्यू समिट स्कुल मैतिदेवी, एलआरआइ स्यूचाटार, व्लुमुन ई बोडिङ्ग स्कुल चावहिल, विद्यासदन स्कुल कपन, निशिथ होम एकेडेमी, एकता सदन स्कुल, पद्यमकन्या मा.वि डिल्लीबजार, यूरेका पब्लिक स्कुल ललितपुर, पूर्णचण्डी स्कुल सहित कामनपा–३३ बस्ने उद्धवबहादुर कार्की, ललितपुर उपमहानगरपालिका–४ मा बस्ने ऋषीकेश विक्रम शाह, महेन्द्र सुवेदी, काठमाडौं कपन बस्ने पारशमणि दाहाल र ग्यालेक्सी पब्लिक स्कुलमा नै कार्यरत बामदेव योगी विरुद्ध एक करोड ७४ लाख २२ हजार १ सय ८४ रुपैयाँ ठगि गरेको जिल्ला अदालतमा जाहेर गरिएको मुद्दामा उल्लेख गरिएको थियो ।

  २०५६ सालमा शैक्षिक समाज सहकारी लिमिटेडमा तत्कालिन अध्यक्ष रहेकी राणाको जमानीमा १६ वटा विद्यालयको धरौटीको रकम जिल्ला शिक्षा कार्यालयको अनुमतिमा बैकमा राख्नु पर्नेमा राणा जमानी बसि नवक्षितिज सहकारी संस्था डिल्लीबजारमा सहकारीमा राखिएको थियो । राणाले सरकारी ढुकुटीमा रहनु पर्ने रकम हिनामिना गरेको जिल्ला शिक्षा कार्यालयका लेखा प्रमुख टेकेन्द्र ढकालले पनि स्वीकार गरेका छन् ।

  ढकालका अनुसार यी विद्यालयले आफुखुसी रकम राख्ने अनि त्यो रकम पनि आफुखुसी चलाएको विषयमा केहि प्रमाण भए उपलब्ध गराउन समेत आग्रह गरेका छन् । जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमले भने आफु भर्खरै काठमाडौं जिल्लामा आएकाले यो विषयमा जानकारी नभएको बताए । गौतमले यसको विषयमा लेखालाई बुझ्न लगाउने पनि बताए । यसरी विद्यालय खोल्दा राख्नु पर्ने धरौटी बापतको रकम नै गायव बनाउने यी विद्यालय सरकारी नियम अनुसार गैरकानूनी रुपमा सञ्चालन भइरहेको स्पष्ट हुन्छ- यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ  ।

Post a Comment

0 Comments