Subscribe Us

युवकलाई लुटपाटगरी फरार युवती पक्राउ

फाईल फोटो
पोखरा, १५ चैत । खाजामा नशालु चिज राखेर खुवाई साढे नौ तोला सुन र मोबाइल लुटपाट गरी फरार भएकी एक युवतीलाई प्रहरीले सोमवार पोखराबाट पक्राउ गरेको छ ।

म्याग्दीको वेनी नगरपालिकास्थित एक होटलमा सँगै खाजा खाइरहेको बेलामा चोरी गर्ने देवीका पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । 

पुनले गत १ चैतमा उक्त होटलमा खाजा खान आएका कुलदीप जुग्जालीसग सँगै बसी खाजा खाइ बेहोस बनाएर सुनको सिक्री, औठी बाला र मोबाइल लुटेर फरार भएको प्रहरीले जनाएको छ । 

कास्की प्रहरीले पुनलाई आवश्यक कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाएको जनाएको छ । 

Post a Comment

0 Comments