Subscribe Us

दिल्लीमा रहस्यमय भीआइपी जमघट, रेग्मीदेखि कटवालसम्म दिल्लीमा

 १५ चैत, नयाँ दिल्ली ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट स्वदेश फर्किनुअघि नै भारतले तीन दर्जन भीआइपीहरुलाई आश्चर्यजनक रुपमा नयाँ दिल्लीमा उतारेको छ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले गरेका सम्झौताले छिमेकी मित्रराष्ट्र भारत सशंकित बनिरहेका बेला उसले भारत निकट भनिएका दर्जनौं भिआइपीहरुलाई नयाँ दिल्लीमा उतारेको हो ।
उसले दर्जनौं भिआइपीहरुलाई नयाँ दिल्लीमा बोलाएर भीआइपी खातिरदारी गर्दै दुई दिन विशेष छलफल गरेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार, नाकाबन्दीपछि बिग्रिएको नेपाल–भारत सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने छलफलका लागि भन्द्र नयाँ दिल्लीले गुप्त रुपमा भीआइपीहरुलाई बोलाएको हो ।

नयाँ दिल्लीमा बोलाइएका भीआइपीहरुले नयाँ दिल्लीमा २०७२ चैत १३ र १४ गते जनस्तरमा छलफल समेत गरिसकेका छन् । यद्यपि, नेपाल–भारत सम्बन्ध सुधारका लागि भन्दै भीआइपीहरुलाई बोलाइए पनि यसलाई रहस्यमय मानिएको छ ।
‘ओली चीन भ्रमणमा रहेकै बेला दर्जनौं भीआइपीहरुलाई भारतले नयाँ दिल्लीमा उतारेर रहस्यमय छलफल गरेको छ,’ नयाँ दिल्लीस्थित स्रोतलाई हवाला दिँदै साँघु साप्ताहिकले लेखेको छ, ‘नेपाल–भारत सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भनेर छलफल भएको बताइए पनि भ्रमण गुपचुप हुनुले रहस्यमय बनेको छ ।’
स्रोतका अनुसार, यो छलफलका लागि भन्दै नयाँ दिल्ली आउनेहरुमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, नेपाली सेनाका पूर्वरथीवृन्द सीबी गुरुङ, नरबहादुर कँडेल छन् ।
त्यसैगरी, नेपाल प्रहरीका पूर्वएआइजी कल्याण तिमिल्सिना, संविधान तथा कानूनविद् भीमार्जुन आचार्य, नागरिक दैनिकका सम्पादक गुणराज लुईटेललगायत पनि विशेष राजनीतिक छलफलकै लागि कानून, पत्रकारिता, उद्योगी–व्यावसायी र सुरक्षा निकायका महत्वपूर्ण व्यक्तिहरु छानेको बताइन्छ । साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments