Subscribe Us

हजुरआमाको हत्यारा पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालयले छुरी प्रहार गरी आफ्नै हजुरआमाको हत्या गर्ने २१ वर्षीय मीनबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

आज बिहान ११ बजे कास्कीकोट–९ स्थित बाँसकोटकी ७९ वर्षीय कली कार्कीलाई निजकै नातिले घाँटीमा छुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न कार्कीलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

Post a Comment

0 Comments