Subscribe Us

बन्यजन्तुका अपराधि खोज्न सिआइबीले ‘स्वीप अपरेसन’

बर्दिया । वन तथा वन्यजन्तु अपराधमा संलग्न भएर फरार रहेका अपराधी यतिखेर धमाधम पक्राउ पर्ने थालेका छन् । केही महिनायता निकुञ्ज र प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले विशेष अभियान थालेपछि फरार अपराधी धमाधम पक्राउ पर्न थालेका हुन् ।

एक महिनायता ३६ जना फरार अपराधी पक्राउ परिसकेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए । निकुञ्जको विवरणअनुसार माघ महिनासम्म १५५ जना वन्यजन्तुसम्बन्धी अपराधी फरार थिए । एक महिनामा यो सङ्ख्या घटेर ११७ पुगेको छ । पछिल्लो समयमा फरार अपराधीलाई पक्राउ गर्न निकुञ्ज र सिआइबीले सक्रियता देखाएपछि पक्राउ पर्ने क्रम बढ्दै गएको हो ।

निकुञ्ज स्रोतका अनुसार बर्दियामा अझै ९३ जना वन्यजन्तुसम्बन्धी अपराधी फरार छन् । यसैगरी, सुर्खेतका १५ जना, कैलालीका आठ र बाँकेका दुई जना फरार छन् भने कालीकोट, बाजुरा र काठमाडौँका एक÷एक जना फरार सूचीमा छन् । फरार व्यक्तिको खोजीका लागि निकुञ्ज र  सिआइबीले ‘स्वीप अपरेसन’ जारी राखेको निकुञ्जले जनाएको छ

Post a Comment

0 Comments