Subscribe Us

यसरी लगाईदिए एसएसपी थापाले दुगडलाई करोडौं चुना

काठमाडौं । सरकारको कडाईले केही समयदेखि रोकिएको फ्रि तिब्बतको आन्दोलन चर्काउन पुनः विदेशी शक्तिकेन्द्रहरु सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किए लगत्तै भारतीय गुप्तचर संस्था ‘रअ’, दलाई लामा र केही यूरोपियन मुलुकहरुको डिजाइनमा चीन विरोधी गतिविधि हुन लागेको हो । 
 \
काठमाडौैंलाई ‘हब’ बनाएर तिब्बतीहरुले नेपाल मै पुनः आत्मदाह गरेर आन्दोलन थप चर्काउने तयारी गरेको बताइएको छ । स्रोतका अनुसार केही दिन अघि स्वयम्भू प्रहरीले मट्टितेल खन्याएर आत्मदाह गर्नृ खोजेकी एक तिब्बती महिलालाई पक्राउ गरी अनुसन्धान गरेको छ । 
 
यो घटनापछि काठमाडौंमा स्वतन्त्र तिब्बतपक्षधरले प्रर्दशन गर्न लागेको निक्र्योल निकाल्दै शरणार्थी क्याम्पहरुमा प्रहरीले विशेष निगरानी गरेको छ । यो पटक सरकारले तिब्बती धर्मगुरु दलाई लामालाई नेपाल प्रवेशमा रोक लगाउँदै तिब्बतीयन शरणार्थीहरुले मार्च १० मा मनाउने मुक्ति दिवसको अवसरमा विशेष सतर्कता अपनाउँदा कुनै अप्रिय घटना हुन पाएन,यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ  ।

दलाई लामाका नेपाल प्रतिनीधी दोहोरो नागरिकताधारी ताम्देन दोर्जे तुलाधरको नेतृत्वमा राजधानीमा सबै तिब्बतीयन क्याम्पमा प्रदर्शन हुनसक्नेतर्फ प्रहरीले सतर्कता अपनाएको छ । सरकारले एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै त्यस्ता कुनै पनि घटना हुन नदिने चीनलाई आश्वस्त पार्र्दै आएको छ ।

 नेपालको एक चीन नीति बिरुद्धको यस्ता क्रियाकलाप गैरकानुनी मानिए पनि तिब्बती शरणार्थीहरुको गतिविधि रोकिएको छैन । यसअघि गत २०१३ फ्रेबुअरीमा काठमाडौंको बौद्ध स्तुप अगाडि ‘स्वतन्त्र तिब्बत’ का पक्षमा तिब्बती नागरिक थोन्डुप डुप्चेले आत्मदाह गरेका थिए ।
काठमाडौं, १८ चैत । भारतीय नाकाबन्दीको मौका छोपेर कालोबजारी गरी अरबौं कमाउन खोज्ने व्यापारिक घराना केएल दुगडको करोडौं मूल्य बराबरको खाने तेल स्वाहा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुगड ग्रुपबाट प्रहरीले जफत गरेको एक लाख लिटर खाने तेल लिलामीको सूचना निकाल्दा कसैको पनि टेण्डर परेको छैन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
खाने तेल भएका कारण मिति गुज्रिन सक्ने र अन्य लफडा निस्कन सक्ने भन्दै व्यवसायीहरुले टेण्डर नहालेको स्रोतको भनाई छ । महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाको सक्रियतामा प्रहरीले करिव दुई करोड रुपैयाँ बराबरको खाने तेल जफत गरेको थियो । लिलामीमा कुनै आवेदन नपरे सबै तेललाई नष्ट गरिने भएको छ ।
भारतको अघोषित नाकाबन्दीको मौका छोपेर दुगड समूह अन्तर्गतको विराटनगरमा रहेको स्वतिस्तक आयल इन्ड्रस्टिजले खाने तेलको मूल्य प्रतिलिटर १ सय २५ रुपैयाँबाट बढाएर ३ सय २० रुपैयाँ पु-याएको थियो ।
परिसरले खाने तेलमा कालोबजारीको गुनासो आएपछि जडीवुटीमा रहेको यो समूहको गोदाममा छापा हानी पाँच ट्रक खाने तेल, प्रवन्धक अमन जैन र कर्मचारी प्रमोद अधिकारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
उनीहरु दुबैलाई जिल्ला अदालतले दोषी ठहर गरिसकेको छ । एसएसपी थापाले दुगड ग्रुपका केशलाल दुगडसहित उनका तीनै छोरा तथा उच्च कर्मचारीहरूलाई खोजी गरिरहेका छन् ।
प्रहरीले ठगी मुद्दाअन्तर्गत ९ करोड ९६ लाख १३ हजार ४ सय २० रुपैयाँ र कालोबजारी मुद्दाअन्तर्गत ४ करोड ६ लाख ७९ हजार रुपैयाँ बिगो दाबी गरेको थियो । दुगड समूहले उक्त मुद्दा मिलाउन नेता, बाणिज्य विभागका अधिकारी र केही एआईजीलाई मिलाउन खोजेपनि एसएपी थापाले कसैको कुरा नसुन्दा कालो बजारी रोकिएको थियो ।
- See more at: http://dainiknepal.com/2016/139039.html#sthash.R9ZZvMnY.dpuf

Post a Comment

0 Comments