Subscribe Us

भूलेर पनि नखानुस मधुमेहका रोगीले यी ७ फल


१.आँप : आँपलाई फलफुलको राजा भन्ने गरिन्छ । आँपमा धेरै सुगर पाइने भएकाले मधुमेहका रोगीले आँप खानु हुदैन २.अंगुर अंगुरमा फाइवर,भिटामिन लगायत अत्याधिक मात्रामा पाइने हुँदा सुगरका रोगीले अंगुर सेवन गर्नुहुन्न । प्राप्त तथ्यांक अनुसार तीन औस अंगुरमा करीब १५ ग्राम कार्बोहाइड्रेटको मात्रा रहेका हुन्छ ।

३ भुइँ कटहर : यसमा जीआई भ्यालु ४६ देखि ७० को बिचमा हुन्छ सानो एकटुक्रा भुइँ कटहरमा पनि २० ग्राम कार्वोहाइड्रेट पाइने हुँदा मधुमेहको रोगीले भुइँ कटहर सेवन गर्नु हुदैन ।

४.केरा : केराको जीआई भ्याल्यू ४६ देखि ७० को बिचमा हुन्छ र आधा कप केरामा करिव १५ ग्राम कार्बोहाइड्रेट पाइन्छ । त्यसैले मधुमेहका रोगीको लागि केरा सेवन उपयुक्त हुन्न ।

५.तरबुजा : तरबुजामा फाइवर र क्यालोरी कम भएता पनि यसको जीआइ भ्याल्यू ७२ को नजिक हुने हुँदा साथै पर्याप्त मात्रामा भिटामिन ए र सी पाइने हुँदा मधुमेहका बिरामीको लागि तरबुजा उपयुक्त हुदैन ।

६.मेवा : यसको जीआई भ्याल्यू ५९ को नजिक हुन्छ । यसमा धेरै मात्रामा क्यलोरी र कार्बोहाइड्रेट पाइन्छ । त्यसैले मधुमेहका रोगीले मेवा खानु हुदैन ।

७.खजु्र : मधुमेहका रोगीले खान नहुने फलफुल मध्ये खजुर पनि प्रमुख हो । यस फलको जीआई भ्याल्यू १०३ हुन्छ । एक चौथाइ कप खजुरमा पनि करिब २४ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।

Post a Comment

0 Comments