Subscribe Us

यि हुन प्रहरीलाई गाडी उपहार भन्दै हिड्ने भू–माफिया,

काठमाडौं । राजधानीका एक भू–माफियाले प्रहरीलाई बेकुफ बनाउँदै गाडी उपहार भन्दै हिड्न थालेका छन् । आफूलाई जग्गाको ठूला व्यापारी बताउँने दोलखाका दिपक कुमार राउतले एक महिना देखी महानगरीय प्रहरीलाई बेकुफ बनाउँदै आफूलाई न्याय दिलाईदिए गाडी उपहार दिने पस्ताब राख्दै हिड्न थालेका छन् । 

तर आफू पाँच करोड ठगी भएको भन्दै प्रहरीमा उजुरी दर्ता गर्ने तर प्रहरीले बोलाउँदा उपस्थित नभएपछि महानगरीय प्रहरी स्वम आजित भएको छ । 

न्याय दिलाई दिनु पर्ृयो भन्दै नेताको फोन गराउने तर छलफलको लागी बोलाउँदा प्रहरीमा नआएपछि राउतलाई प्रहरीले पक्राउ गरेर ल्याउने तयारीसमेत गरेको प्रहरी स्रोतले बताएको छ  ।
१५ दिनको भित्र महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा गोठाटारका सिब चापाँगाई बिरुद्ध उजुरी दर्ता गराएका राउत भने एका–एका गायब भएका छन् । जग्गा बैना बापत पाँच करोड चापागाँईले लिई जग्गापनि नदिएको र बैना रकम पनि  फिर्ता नगरेको भन्दै राउतले प्रहरीमा उजुरी दर्ता गराएका छन् । 

सो बिषयमा छलफलको लागी चापागाँईलाई प्रहरीले झिकाउँदा पीडित भनिएका राउतभने सम्पर्क बिहीन हुन थालेपछि राउतको नियतमाथी प्रहरी स्वमले प्रश्न चिन्ह् उठाउन थालेको छ । दुई साता अगाडी अपराध महाशाखामा उजुरी लिएर पुगेका राउतलाई प्रहरीले केरकार गर्न थालेपछि बानेश्वर बृत्तका डिएसपीलाई दबाब दिएर उनले शिबबाट पाँच करोड असुल्न खोजेको एक प्रहरीले बताए । अपराध महाशाखाका डिएसपी किरण थापाले झुण्टा उजरी दिएमा राउतलाई नै कारवाही गर्ने र पाँच करोडको स्रोत के हो भनेपछि टेबुलमा उजुरी छाडेर राउत कुलेलाम ठोकेको एक अधिकृतले बताए । 

घटना यस्तो थियोः 

 जग्गामा डोजर लगाउँदै राउत समुह
राउतले बिभिन्न व्यक्तिको आठ रोपनी जग्गा सिबसँग प्लटिङ गर्ने उद्देश्यले बैना गरेका थिए । सोही जग्गासँगैको अर्को आठ रोपनी जग्गामा पनि राउतले आँखा लगायो । अर्को आठ रोपनी जग्गा मिलाउँन राउतले सिबलाई अनुरोध गरे । राउतको अनुरोध बमोजिम सिब अर्को आठ रोपनी जग्गा मिलाउँदै गर्दा राउतले एका–एका बैना गरेको जग्गा र नगरेको बालि लगाएको जग्गामा डोजर चलाए । 

राउतले डोजर चलाएपछि स्थानिय आक्रोशित भई राउतमाथी खनिए । खेतमा भएको गौं बालिको आठ हजार जरिवाना तिरेर राउत कुलेलामा ठोके । भोलिपल्ट बाट राउतले कुनैपनि हालतमा आफूलाई १६ रोपनी जग्गा चाँहिने भन्दै चुल्ठे, मुन्द्रेको साथमा गोठाटारमा जक्सन जमाउन थाले राउतले कोटेश्वर क्षेत्रका आभारा सिजललाई केही रुपैंयाको प्रलोभन देखाई गोठाटार क्षेत्रमा ल्याउन लागे । जसका कारण स्थानिय आक्रोशित बने र बैना गरेको जग्गा समेत नदिने भए । 

स्थानियले जग्गा बिक्री नगर्ने भएपछि सिबले बैना बापतको एक करोड पचास लाख रुपैंया फिर्ता लान राउतलाई आग्रह गरे । तर राउतले कि आफूलाई १६ रोपनी जग्गा मिलाई दिनु पर्ने कि पाँच करोड रुपैंयाको डिमाण्ड गरेपछि बिबाद चुलियो । । सोही पाँच करोड पैसा असुल्न राउत अहिले शक्तिकेन्द्रको दबाब दिएर प्रहरीलाई भ्रम छर्न थालेको स्रोतले भन्यो ।  

अपराध महाशाखा र बानेश्वरमा बृत्तमा उनको फेबरमा काम नहुनी भएपछि राउत अहिले नयाँ प्रहरी कार्यालयको खोजिमा रहेको उनि निकट स्रोत बताउँछ । कुनैपनि हालतमा पाँच करोड असुल्ने रणनितीमा राउत रहेको उनकै पाट्नर भोजराज पौंडेल बताउँछन् । पैडेल भन्छन्, एक करोड पचास लाख दिएर पाँच करोड असुल्ने रणनीतिमा राउत लागेका छन् । दुई साता अगाडी राउतले महानगरीय प्रहरीका एक प्रहरी निरक्षकको दुरुपयोगसमेत गरेका थिए

Post a Comment

0 Comments