Subscribe Us

यि हुन औंषधी कालो बजारी गर्ने चौधरी

इटहरी । औंषधी कालोबजारी गरेको आरोपमा प्रहरीले बलभद्र चौधरीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीले तोकिएको मुल्यमा २० प्रतिसत भन्दा बढी मुनाफा लिइ औषधी विक्रि वितरण गरेको आरोपमा चौंधरीलाई नियन्त्रणमा लिएको हो ।

बजारका विभिन्न औषधी पसलहरुमा चेक जाँच गर्दा  चौधरी सञ्चालक रहेको  इटहरी १ मा संचालित नेपाल मेडिकल हलले कालोबजारी गरेको प्रमाण प्रहरीले फेला पारेको थियो । 

तोकिएको मुल्यमा २० प्रतिसत भन्दा बढी मुनाफा लिइ विक्रि वितरण गरेमा कालो बजार ऐन अन्तर्गतको कसुर अपराध मान्दछ । चौधरीलाइ औषधी व्यवस्था विभाग विराटनगर र ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले  बिहीवार पक्राउ गरेको हो ।

Post a Comment

0 Comments