Subscribe Us

लेन मिच्ने पक्राउ गर्न विशेष टोली, शरीरमै एक्सन क्यामेरा जडान गरेर खटाइने

काठमाडौं – सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले विशेष टोली खटाउने भएको छ । शरीरमा एक्सन क्यामरा जडान गरी मोटरसाइकलमा त्यस्तो विशेष टोली खटिनेछ ।


अर्काको लेन प्रयोग गर्ने प्रवृत्ति रोक्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान सुरु गर्न लागेको हो । त्इसका लागि महानगरीय प्रहरी कार्यालयबाट थप ५० जना जनशक्ति लिएको छ भने पाँचवटा एक्सन क्यामेरासमेत खरिद गरेको छ ।

एक्सन क्यामेरा ट्राफिक प्रहरीको शरीरमा हुनेछ, जसले लेन अनुशासनलगायत अन्य ट्राफिक नियम मिचेको भिडियो तथा फोटो खिच्दछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments