Subscribe Us

डेढ वर्षीया छोरीलाई बाँस घारीमा पछारेर आमाद्वारा हत्या


रौतहट, ४ चैत । पचरुखी गाविस–८ बस्ने एक महिलाले आफ्नै छोरीको हत्या गरेकि छिन् ।

डेढ वर्षीया छोरीलाई निर्ममतापूर्वक हत्या गरेको आरोपमा पचरुखी गाविस घर भएकी २२ वर्षीया सुकनीदेवी यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरीले पक्राउ गरेको हो ।

महिलाले आफ्नी छोरी रिनालाई गङ्गापिपरा गाविस भवन पछाडि रहेको बाँसघारीमा भुईंमा पछारेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Post a Comment

0 Comments