Subscribe Us

ढेड लाख रुपैंया लिदा ९ बर्ष कैद

काठमाडौं । पाँच बर्षदेखी फरार सिन्धुपाल्चोक ठूलो धादिङका अपहरणकारी कर्ण बहादुर लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरेको छ। जग्गा बिक्री गरेको कमिशन नदिएको झोगमा लामाले शिबबहादुर खड्कालाई अपहरण गरी १३ दिन बन्धक बनाई ढेड लाख फिरौती लिई फरार भएका थिए । 

फरार लामालाई काठमाडौं नारणटारमा लुकुछिपी बसेको अबस्थामा सिआईबीको टोलीले सोमवार पक्राउ गरी सार्बजनिक गरेको हो । लमाले १६ बैशाख २०६७ मा खड्कालाई अपहरण गरी बन्धक बनाई फिरौती लिएर रिहा गरेका थिए । 
 
जग्गा बिक्री गरेको कमिशन र साथी आशिष लामाबाट थान्का किनेबापतको पैसा नपाएपछि लामाले खड्कालाई १३ दिनसम्म बन्धक बनाइ डेढ लाख रुपैयाँ फिरौती लिएको सिआईबीले जनाएको छ । तत्कालिन समयमा प्रहरीले लामालाई फरार देखाउँदै अदालतमा मुद्दा दर्ता गराएको थियो । 

सोही मुद्दामा लामालाई जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालत पाटनले ९ वषै कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसाला सुनाएकासुनाएको थियो।े सोही फैसाला कार्यान्वयनको क्रममा पक्राउ परेका लामालाई जिल्ला अदालत हुदै सेन्टर जेल चलान गरीएको सिआईबीले जनाएको छ ।
 

Post a Comment

0 Comments