Subscribe Us

डिस्कोमा यसरी रमाए मन्त्री

काठमाडौं । अश्लिल हर्कत गरेको भन्दै प्रहरीले बारम्बार छापा मार्दै आएको डान्स डिस्कोको केपी ओली सरकारका एक मन्त्रीले उद्घाटन गरेका छन् । 

गत साता ठमेलमा खोलिएकोे इविजा नामको डिस्कोको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री बलबहादुर महतले गरेका हुन् । पहिलो संबिधानसभाको चुनावपछि गृहमन्त्री बनेका बामदेब गौतमले अब काठमाडौंमा डान्स र डिस्को खोल्न पाईने छैन भन्दै भाषण ठोकेका थिए ।
 
 तर, संबिधान जारी भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका महतले ठमेलमै डिस्कोको उद्घाटन गरेर गौतमलाई चुनौती दिएका छन् । बिबादस्पद व्यक्तिको लगानी रहेको इविजा डिस्कोको मन्त्री महतले गत शनिबार उद्घाटन गरेका थिए ।

  पछिल्लो समय ठमेलमा डिस्को खोल्ने र ठूलाबडा ल्याएर उद्घाटन गराउनेको होडबाजी नै चलेको छ । इविजा डिस्को विगत छ महिनादेखी सञ्चालमा आएपनि त्यहाँका सञ्चालकले प्रहरी र प्रतिस्पर्धीलाई आफ्नो पहुँच देखाउन मन्त्री ल्याएर उद्घाटन गरेका हुन् ।

  सो डिस्कोमा बहालवाला एक प्रहरी निरक्षकको समेत लगानी रहेको स्रोत बताउँछ । उक्त डिस्को फायर क्लव समूहले सञ्चालनमा ल्याएको हो । ठमेलको नरसिंहचोकमा खोलिएको उक्त डिस्को दवाङ तामाङ, राजु दनै, राम थापा र वकिल बमलगायतले दुई करोड लगानी गरी सञ्चालनमा ल्याएको भनि सार्बजनिक गरेका छन् ।

  ठमेलमा गुण्डागर्दी गरेको आरोपमा बमलाई तत्कालिन एसएसपी रमेश खरेलले पक्राउ गरी मुद्दा चलाएका थिए । डन दिपक मनाङ्गे निकट मानिने बमको डिस्को अहिले मन्त्री महतले उद्घाटन गरेर बद्नामी कमाएका छन् । युवासंघको आबरणमा बमले ठमेलमा अबैध धन्दा सञ्चालन गर्दै आएका छन् । बम बेलाबेलामा डिस्कोमा माच्छे कुटी चर्चामा आइरहन्छन् ।


Post a Comment

0 Comments