Subscribe Us

गोरखा नेपाल प्लेसमेन्टले साउदी अरबमा बनायो ६ नेपालीको बिचल्ली,
एजेन्टले राहदानी नदिएपछि घर फर्कन पाएनन्

काठमाडौं, १६ चैत । वैदेशिक रोजगारी कुनै पनि नेपालीका लागि चाहना हैन । बनेको छ केवल बाध्यता । अस्थिर राजनीति, उद्योग धन्दाको कमी, भएका पनि निरन्तर बन्दहुँदै जानु,अनावश्यक आन्दोलन, बन्द अनि हडताल । 

पाखुरीमा बल भएका र कुनै पनि नेता शत्तिशाली भनौ वा पहुँचवालाको नजिक नभएको कर्मण नेपालीहरुको अन्तिम गन्तव्य नै हो वैदेशिक रोजगार ।

तिनै नैपालीले पठाएको रेमिटयान्सले केही हदसम्म चलेको छ देश नेपाल । अनि तिनै कर्मठ अनि गरिब जो विदेशमा गएर रगन पसिना बगाउँछन उनीहरुलाई नै ठग्छन म्यानपावर व्यवसायी । सरकारले तोकेको पुरानो सिलिङ अनुसार मलेसियाका लागि ८० हजार खाडीका देशमा ७० जसमा साउदी अरब जान २० हजार भए पुग्छ । तीनै म्यानपावर हुन जसले जुकाले मानीसको रगत चुसे जस्तो चुस्छन र लिन्छ एक लाख एक लाख ६० हजार त्यो पनि न्यूनतम त्यो भन्दा माथी सकेसम्म ठग्ने हुन् ।

यसैगरी एक चर्चीत म्यानपावरले ६ जना नेपालीलाई पैसामा मात्र ठगेन साउदी अरबमा पुर्याएर विचल्ली बनायो, रगत र पसिना समेत बन्चीत बनायो । सात महिना अघि रोजगारीको सिलसिलामा वसुन्धरास्थित गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज प्रालिबाट साउदी अरब पुगेका ६ जना युवा । कुनै म्यानेजर बन्न हैन ‘लेबर’को कामका लागि । तर उनीहरु सात महिनादेखि काम गरेर पैसा कमाउनु त कहाँ हो कहाँ काम गर्ने ठाँउ सम्म देख्न पाएका छैनन् ।

प्युठान जिल्ला शिवपुर नगरपालिका–२ कपिलवस्तुका छोपेन्द्र रोका क्षेत्री, दाङ बिजौरी–२ का बिमलकुमार बुढाथोकी, म्याग्दी बाबियाचौर लौरेनी–६ का जसबीर दर्जी र नरबहादुर सार्की, तनहुँका मिलन र अमर रहेका जो काम बिहीन बनेका छन् । उनीहरुले साउदी जान २० हजार रुपैयाँ हैन गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेजलाई प्रति व्यक्ति १ लाख देखि १ लाख ५० हजारसम्म बुझाएर गएका हुन् । साउदी अरबको दमामस्थित अमिर फेसल कम्पनीमा लेबर कामका लागि गएका उनीहरुले सात महिना यता कुनै काम नपाएको गुनासो गरेका छन् ।

उनीहरु विदेशमा हैन जाँदा नेपालमा नै ठगिएका थिए । नेपालबाट अमिर फेसल कम्पनीमा काम गर्ने भनिएपनि साउदी अरबमा उनीहरुलाई कम्पनीको कम्पनीको प्रतिनीधि नआई कुनै अर्कै कम्पनीको मान्छेले लिएर गयो । सोझो भाषामा भन्दा तस्करको फेला परेका उनीहरुले पहिलो दुई महिना बिना तलब फलाम वर्कसपमा काम गरे । त्यसपछि बिचल्ली ।

उनीहरुलाई मानव तस्करहरुले नेपालबाट पठाँउदा निकै राम्रो प्रलोभन देखाएका थिए लाकि अमिर फेसल कम्पनीमा काम गर्ने, दैनिक आठ घन्टा काम, मासिक १२ सय तलव र खाना र बस्नको लागि पैसा नलाग्ने, मिलेसम्म ओभर टाइम पनि । बिडम्बना, जे सपना देखेर उनीहरु साउदी अरब पुगे, सपना पहिलो दुई महिनामा नै ब्यूझनासाथ चकनाचुर भयो । मोटायो त केवल म्यानपावर कम्पनी । हाउ उनीहरु बेरोजगार मात्र बनेका छैनन्, उनीहरुसँग भएको राहदानीलगायतका अन्य कागजपत्रहरु पनि कम्पनिले लगेको छ, फिर्ता दिएको छैन् ।

जसका कारण उनीहरु आफै टिकट लिएर स्वदेश फर्कन सक्ने अवस्थामा छ्रैनन् । आफु अवैधानीक भएपछि नेपालमा रहेका म्यानपावरका आधिकारीकलाई सम्पर्क गरी की काम देउ की नेपाल फर्काइदेउ भन्दा म्यानपावरले हामी धम्कीपुर्ण भाषामा दूतावास जाउ उसैले उद्धार गर्छ भन्ने जवाफ दिएको पीडितको भनाई छ ।

गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज नामक म्यानपावरका सञ्चालक दिनेश श्रेष्ठलाई यस विषयमा जानकारी लिन खोज्दा सम्पर्कमा ल्याउन सकिएन । उनी यस अघि फागुन दोस्रो साता नेपाल प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएका १७ म्यानपावर व्यवसायी मध्ये उनीपनि रहेको बुझीएको छ ।

पछिल्लो लगभग दुई साता यता म्यानपावर व्यवसायीहरुले प्रहरीले म्यानपावर अनुसन्धान गरेको विषयलाई लिएर आन्दोलन जारी राखेका छन् । यसरी विदेशमा गबिर नेपालीलाई अलपत्र पार्नेहरुलाई कारबाहीका लागि सिफारीस गर्ने होला की आन्दोलन नै गर्ने होला ।

Post a Comment

0 Comments