Subscribe Us

सर्वेन्द्र हिरो नै हो, गुण्डाहरु अन्तिममा हिरोबाटै साफ हुन्छन्,
नेता चिन्छु भनेर ‘डनतन्त्र’ चलाउनेका दिन गएः एसएसपी खनाल



काठमाडौं, ८ चैत । नेपालमा नेपाल प्रहरी भन्ने वित्तिकै बर्दीकै अपमान गरी टोले दादादेखि, खुसखोरीसम्मलाई उन्मुक्ति दिनमा सहयोगी भूमिका खेल्ने वर्दीधारी भन्ने आरोप लाग्ने गर्छ । तर, नेपाल प्रहरीमा त्यस्ता केही अधिकृतहरु पनि छन् । शान्ति सुरक्षा कायम गर्न जसको नामै काफी छ ।

सबै भन्दा बढी राजनीतिको सोर्सफोर्स लाग्ने क्षेत्र भनेको पनि नेपाल प्रहरी नै हो । प्रहरीले गुण्डा समातेर ल्याउँछ । एक–दुई घण्टा पनि नवित्दै ‘माथिको आदेश’ भन्दै छाड्नु पर्ने धाध्यता हुन्छ । तर, केही यस्ता प्रहरी अधिकारी छन् । उनीहरुका पञ्जामा परेका अपराधी छुट्ने संभावना निकै कम हुन्छ । राजनीतिज्ञ पनि ती अधिकारीहरुको पञ्जामा परेका अपराधी छुटाउनु प¥यो भन्दै घर र कार्यालयसम्म आएका आफ्ना कार्यकर्तालाई ‘लौ त्यो पुलिस त नसक्नाको छ, के गर्ने होला’ भनेर पछिन्नतिर लाग्छ्न । ती मध्येकै एक हुन् एसएसपी सर्वेन्द्र खनाल ।

काठमाडौं महानगरीय अपराध महाशाखा प्रमुख भए लगत्तै थप चर्चामा आएका खनालको चर्चा घैंटे इन्काउन्टरपछि थप चुलियो । अञ्चल प्रहरी कार्यालय नारायणीमा रहँदा होस वा तराईमा जिम्मेवारी सम्हाल्दा नै किन नहोस उनको चर्चा चुलिई नै रह्यो । तराईमा कार्यरत रहँदा दाइजो, बालविवाह र सरसफाइजस्ता सामाजिक कार्यहरुमासमेत सक्रिय बनेका उनीलाई धेरैले हिन्दी सिनेमा ‘सिंघम’ को नायकको संज्ञासमेत दिने गरेका छन् । अपराधले गाँजेको राजनीति, गुण्डागर्दीबिरुद्ध लड्दैं अप्ठ्यारो बाटोमा हिड्ने एउटा पुलिस अफिसर बाजीराओ सिंघमको कथा बोकेको सिनेमा ‘सिंघम’ का नायकको भूमिकामा देखिएका खनालको चर्चा नेपाली फुटबल म्याच फिक्सिङको अन्तर्राष्ट्रिय जालोलाई पर्दाफाँस गर्नमा पनि उत्तिकै लोकप्रीय बन्यो ।

पछिल्लो समय बैदेशिक रोजगारको नाममा ठगी धन्दा बढेको भन्दै खनाल त्यो जालो तोड्ने अभियानमा सक्रिय छन् । यो अभियान सुरु भएको तेस्रो दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका वकिललाई घुस रकमसहित समात्यो । जुन यो क्षेत्रमा खराब काम हुने रहेछ भन्ने प्रमाण हो । त्यस्तो अपराधविरुद्ध लड्न सधै तयार रहेका खनाललाई केही दिन अघि उनकै कार्यकक्ष टेकुमा भेटियो । करिब डेढ घण्टा उनीसँग रहँदा उनले राज्यमा ‘गुण्डाराज’ हाबी हुनुका दर्जन बढी किस्साहरु सुनाए ।

काममा सिंघम खनाल व्यवहारमा निकै रसिला भेटिए । करिब डेढ घण्टाको बसाईमा विभिन्न विकृतिका अपराधका बारेमा जानकारी गराउँदा दर्जन पटक भावुक बने । सबैले आ–आफनो क्षेत्रबाट गर्नु पर्नेकाम दृढताका साथ काम गरेमा देशलाई अपराध मुक्त बनाउन सकिने उनको ठम्याई छ । उनै खनालसँग गरेको कुराकानीको सम्पादीत अशंः

नेपाली नागरिक बेच्ने छुट कसैलाई छैनस्

म्यानपावर व्यवासायको नाममा मावन बेचबिखन समेत भइरहेको छ । विदेशमा कामदार पठाँउदा एउटा काम भनेर पठाउने र अर्कै काममा लगाउने कुरा पनि बेचविखन भित्रै पर्छ । त्यतिमात्र होइन कतिपय म्यानपावर व्यवसायीले नेपाली नागरिकको श्रम शोषणा गर्ने काम गरेको पत्ता लागेको छ । नेपालमा दिएको श्रम सम्झौतापत्र विदेशमा पुग्दा अर्कै हुने र राहदानी समेत नरहने समस्या छ । यो पनि बेचबिखन हो । यसरी नेपाली नागरिक बेच्न पाइन्छ रु यस्ता कार्य विरुद्धको अभियान अहिले हामीले चलाएका हौँ ।
 
मलाई ठिक गरिस भनेका छन्ः

व्यवसायीहरुले मेरो कारण देखाँउदै आन्दोलन गरेपनि वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी नै आएर ‘हजुरले ठिक गर्नुभयो’ भनेका छन् । पुर्व अध्यक्षहरु, चर्चित व्यवसायीहरुले पनि ‘धेरै राम्रो गर्नु भयो’ भनेका छन् । उनीहरुले यो क्षेत्रमा धेरै बदमासी भएको छ भनेर गएका छन् । मेरो अगाडि एउटा कुरा गर्ने अनि बाहिर गएर अर्कै कुरा गर्ने राम्रो प्रवृति होइन । व्यवसायीलाई आन्दोलन गर्न उक्साउने काम गरेको भए त मेरो भन्नु केही छैन् । केही व्यवसायीहरुले त ‘अब हामी पनि उजुरी गर्न आउँछौँ’ भनेर गएका छन् ।

सञ्चार भुमिका शसक्त होसः

यो क्षेत्रमा धेरै विकृति छ, हाम्रा दाजुभाई, चेलीबेटी दिनप्रतिदिन विक्री भइरहेका छन् । सञ्चार माध्यमले बाहिर ल्याएको खण्डमा प्रहरीलाई अनुन्धान गर्न सहज हुन्छ । कसले के काम गरेका छन सबैको जानकारी मा रहन्छ । मैले राम्रो काम गरेका व्यवसायीलाई कारबाही गर्छु कहिल्यै भनेको छैन् । खराब गर्नेलाई कारबाही गर्छु भनेको मात्र हो ।

उदण्डलाई किन छाड्ने

रोजगारीका लागि युवा विदेशिन्छन् । त्यसका म्यानपावरले मात्र ठग्दैन् । स्वास्थ्य संस्था, अभिमुखीकरण तालिम दिने संस्थाले समेत ठग्ने गरेका रहेछन् । सबै स्वास्थ्य संस्थाले स्वास्थ्य परिक्षण गरेर पठाएका छन् त रु सबैले अभिमुखीकरण तालिम दिएका छन् त रु यदि दिएका भए किन युवा ठगिए रु अभिमुखीकरण तालिम दिनेले के भनेर दिए रु ती सबै स्वास्थ्य संस्थाले राज्यलाई तिर्ने सबै कर इमान्दारीताका साथ तिरेका छन त रु नक्कली प्रमाणपत्र बनाएर पठाउने गरेका छन् । उनीहरुलाई तालिम दिँदा सबै कुरा भनिदिए त गरिब कामदार ठगिनबाट जोगिने थिए । नेपालमा सबै भनिदिए विदेशमा गएर मर्नुत परे न नी रु जीवन रक्षा त हुने भयो । विदेश जान पाउनुमात्र ठुलो कुरा हैन । विदेशमा गएर पनि काम गर्न नसकेर नेपाल फर्कन चाहन्छु भन्दा मान्दैनन् । हामीले त्यस्तालाई फर्काउने भनेका हौ । भन्दा नमानेपछि ल्याएर कारबाही किन नगर्ने रु सधै उदण्ड बनेर हुन्छ रु

‘डनतन्त्र’ चलाउनेका दिन गएः

दुई चार जना नेता चिने भन्दैमा डनतन्त्र चलाउँदै हिडने रु कतिदिनसम्म टिक्छ त्यसरी रु गरिबका छोरालाई सधैँ लुटने मात्र रु त्यो पनि धम्की दिएर रु विदेशमा समेत दलाल खडागरि भेडा–बाख्रा जस्तो कोचेर बटुलेर राखेको छ । गाँउमा गएर भेडा–बाख्रा जसरी बटुलेर ल्यायो अनि दलाल मार्फत विदेश पठायो । भेडा–बाख्राको जति पनि मोल छैन मान्छेको रु गाँउका गरिब, सोझा नागरिक ल्याएर दलालले नेपालमा ठग्छन, विदेशमा पुर्याएर पनि अलपत्र नै पार्छन । त्यहाँ पनि ‘डनतन्त्र’ नै हावी छ । मैले यी विषयमा सबै सरोकारवालासँग कुराकानी गरेको छु । सल्लाह लिएको छु । अब त्यसै छाड्नेवाला छैन ।

नेताहरुको फोन पनि आँउदो हो नीः

नेताहरुको सिफारीस आएको छैन् । म्यानपावरमा छापा हानेपछि विभिन्न ठाँउमा हार गुहार गरेको थाहा पाँए । तर कसैको सिफरीस आएको छैन बरु धेरैले समर्थन गरेका छन् । गाँउ गाँउबाट परिवारले पनि छोरा छोरीलाई उदार गरेको थाहा पाएपछि निकै खुसी भएका छन् ।
हराएका मान्छे राज्यले खोज्छः

नेपाली नागरिक कहाँ कति मरे रु को कहाँ के गर्दैछन रु कतिलाई विचल्लीमा पारियो रु त्यो हामीले खोज्ने हो । यो काम संस्थागत रुपमा सुरु भयो । खराव काम गर्ने डराउँछन् । राम्रो काम गर्ने किन डराउनु रु

प्रहरीले आतंकित होइन सचेत गराएको होस्

प्रहरीको काम आतंकित बनाउने होइन, सहजीकरण गर्ने हो । कानुन नमान्नेलाई कानुनी दायरामा ल्याएको हो । नचाहिने काम गर्न पाउँनुपर्छ भन्ने कसैको माग हो भने हामीले त्यसो गर्न दिनु हुदैन् । केहीले अवैध धन्दा गरी करोडौँका गाडी चढने अनि मैले जे भन्यो त्यही मान्नुपर्छ भन्ने, हामीले फोन गरेपछि नेता, पुलिसले पनि नमानेर हुन्छ भन्ने सोचाई गलत छ । जे मनलाग्यो त्यही गर्ने, मान्छे बेच्ने, दुःख दिने अनि लाई, पीडितलाई उल्टै धम्की दिनेलाई कानुनी दायरामा ल्याउँछौं ।

श्रम गर्नेका दिन आए, ठग्नेका गएः

यस अघि गैर कानुनी ढंगले काम गर्ने केही म्यानपावर व्यवसायीहरुले जति ठग्नु थियो, ठगे । अब कोही कसैले ठग्न पाँउदैनन् । विदेशमा जाने युवा श्रम गर्न जाने हुन । श्रम गर्नेले पारीश्रमिक पाउनुपर्छ । नेपालमा ठगेकै छन विदेशमा पछि दूतावासको ढोका कुरेर ठग्नेको कमी छैन भन्ने गुनासा धेरै छन् । त्यति मात्र हैन म्यानपावरको दलालहरु विदेशमा बसेर गरिब नेपाली लुटने, ठग्ने गर्दा रहेछन् । यसरी कुनै नेपाली ठगियो भने सिधै ११७७ र ०१–४२६९७४१ मा उजुरी गरे हुन्छ । बाँकी कारबाही प्रहरीले गर्छ । हामीले मैले जे गर्यौ देश र जनताको लागि गरेको हो । त्यसकारण यो अभियानबाट म पछि हटने वाला छैन् । व्यवसायीहरुले आन्दोलन भन्दै कामदार पठाउदै गरेका पनि छन । निमुखा गरिबका सन्तान ठगिनु हुन्न भनेर गरेको यो कामबाट किन पछि हट्ने रु

भिलेन तहलगाउदा सर्वेन्द ‘हिरो’ भन्छन भने स्विकार्छुस्

गलत गर्नेलाई कारबाही गर्नैैपर्छ । मानीसहरुले सर्वेन्द्रले ‘हिरोइज्म’ देखायो भनेर पनि आलोचना गर्ने गर्छन् । राम्रो काम गर्ने हो त्यसो गर्दा हिरो जस्तो भयो भन्छन भने सर्वेन्द्र हिरो नै हो । राम्रो काम गर्दा हिरो भएपछि गुण्डाहरु साफ गर्ने त हिरोको काम नै हो नि रु चलचित्र नै हेर्ने हो भने गुण्डाहरु अन्तिममा हिरोबाटै साफ हुन्छन् र हिरोको जित हुन्छ ।

एक पटक राजश्व र प्रमाणपत्र हेर्ने किः

म्यानपावर व्यवसायीहरुले राज्यलाई छलेको करलाई गहिरिएर अध्ययन गर्न जरुरी देखिन्छ । गरिब युवालाई विदेशमा बेच्नेहरुको सान कतिसम्म छ । ठगहरुको प्रवृति हेर्दा नयाँ र मंहगा गाडी उनीहरुकै हुन्छ । राज्यलाई राजश्व नगठेको हो भने नेपाली दाजुभाइलाई नबेचेको हो भने कहाँबाट आँउछ त्यो पैसा रु यसमा कतिपयले राम्रो काम गरेर पनि पैसा कमाएका छन् । देशको रेमिटयानसमा योगदान पनि पुगेको छ ।
 
अभिमुखीकरण तालिम दिने संस्थाको, स्वास्थ्यपरीक्षण गर्ने संस्थाको हालत पनि उस्तै छ । नक्कली सर्टिफिकेट दिएर कामदारको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् ।

नेपालबाट भनेको काम नपाउने, तलब सेवासुविधा नपाउने समस्या छ । उनीहरुलाई पढाएर पठाउने हो भने ठगिनबाट रोकिन्छन् । विदेशमा लगेर अलपत्र पार्ने नेपाल र विदेशमा विमानस्थलमा पुगेर देखाउने फरक फरक कागज हुन्छ । त्यो च्यातिदियो, अनि अलपत्र पार्यो । यस्ता प्रवृतिको अन्त्य हुन जरुरी छ 
काठमाडौं, ७ चैत । नेपालमा नेपाल प्रहरी भन्ने वित्तिकै बर्दीकै अपमान गरी टोले दादादेखि, धुसखोरीसम्मलाई उन्मुक्ति दिनमा सहयोगी भूमिका खेल्ने वर्दीधारी भन्ने आरोप लाग्ने गर्छ । तर, नेपाल प्रहरीमा त्यस्ता केही अधिकृतहरु पनि छन् । जसको नाम नै काफी छ । सबै भन्दा बढी राजनीतिको सोर्सफोर्स लाग्ने क्षेत्र भनेको पनि नेपाल प्रहरी नै हो ।
प्रहरीले गुण्डा समातेर ल्याउँछ । एक–दुई घण्टा पनि नवित्दै ‘माथिको आदेश’ भन्दै छाड्नु पर्ने बाध्यता हुन्छ । तर, केही यस्ता प्रहरी अधिकारी छन् । उनीहरुका पञ्जामा परेका अपराधी छुट्ने संभावना निकै कम हुन्छ । राजनीतिज्ञ पनि ती अधिकारीहरुको पञ्जामा परेका अपराधी छुटाउनु प¥यो भन्दै घर र कार्यालयसम्म आएका आफ्ना कार्यकर्तालाई ‘लौ त्यो पुलिस त नसक्नाको छ, के गर्ने होला’ भनेर पछिन्नतिर लाग्छ्न । ती मध्येकै एक हुन् एसएसपी सर्वेन्द्र खनाल ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुख भए लगत्तै थप चर्चामा आएका खनालको चर्चा घैंटे इन्काउन्टरपछि थप चुलियो । अञ्चल प्रहरी कार्यालय नारायणीमा रहँदा होस वा तराईमा जिम्मेवारी सम्हाल्दा नै किन नहोस उनको चर्चा चुलिई नै रह्यो । तराईमा कार्यरत रहँदा दाइजो, बालविवाह र सरसफाइजस्ता सामाजिक कार्यहरुमासमेत सक्रिय बनेका उनीलाई धेरैले हिन्दी सिनेमा ‘सिंघम’ को नायकको संज्ञासमेत दिने गरेका छन् ।
अपराधले गाँजेको राजनीति, गुण्डागर्दीबिरुद्ध लड्दैं अप्ठ्यारो बाटोमा हिड्ने एउटा बहादुर पुलिस अफिसर बाजीराओ सिंघमको कथा बोकेको सिनेमा ‘सिंघम’ का नायकको भूमिकामा देखिएका खनालको चर्चा नेपाली फुटबल म्याच फिक्सिङको अन्तर्राष्ट्रिय जालोलाई पर्दाफास गर्दा पनि उत्तिकै लोकप्रीय बन्यो ।
पछिल्लो समय बैदेशिक रोजगारको नाममा ठगी धन्दा बढेको भन्दै खनाल त्यो जालो तोड्ने अभियानमा सक्रिय छन् । त्यस्तो अपराधविरुद्ध आँफु एक्लै लड्न तयार रहेको दाबी गर्दै आएका खनाललाई केही दिन अघि उनकै कार्यकक्ष टेकुमा भेटियो । करिब डेढ घण्टा उनीसँग रहँदा उनले राज्यमा ‘गुण्डाराज’ हाबी हुनुका दर्जन बढी किस्साहरु सुनाए ।
काममा सिंघम खनाल व्यवहारमा निकै रसिला भेटिए । करिब डेढ घण्टाको बसाईमा उनी राज्यको लापरवाहीबाट दर्जन बढी पटक रन्थनीय, दर्जन पटक भावुक बने भने दर्जन बढी पटक उनले साथ भए देशलाई रामराज्य बनाउँने अभियान आफुसँग भएको दाबी गरे । खनालसँग लाइटनेपाल डटकमका लागि सोभित थपलियाले गरेका औपचारिक–अनौपचारिक कुराकानीका दर्जन बढी प्रसङ्गः
नेपाली नागरिक बेच्ने छुट कसैलाई छैनः
म्यानपावर व्यवासायीहरुले जानाजान मावन बेचबिखन गरीरहेका छन् । विदेशमा कामदार पठाँउदा एउटा काम भनेर पठाउने र अर्कै काममा लगाउने कुृरा पनि बेचविखन भित्रै पर्छ । त्यतिमात्र होइन धेरै म्यानपावर व्यवसायीले नेपाली नागरिकको श्रम शोषणा गर्ने काम गरेको पत्ता लागेको छ नेपालमा दिएको सम्झौतापत्र विदेशमा पुग्दा अर्कै हुने समस्या छ । यो पनि बेचबिखन हो । यसरी नेपालली नागरिक बेच्न पाइन्छ ? यस्ता कार्यका विरुद्धको अभियान अहिले हामीले चलाएका हौँ ।
म्यानपावर व्यवसायीले नै ठिक गरिस भनेका छन्ः
व्यवसायीहरुले मेरो कारण देआँउदै आन्दोलन गरेका छन रे । तर वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी नै मेरोमा आएर ‘हजुरले ठिक गर्नुभयो’ भनेका छन् । पुर्व अध्यक्षहरु, चर्चित व्यवसायीहरुले पनि यहाँ आएर ‘धेरै राम्रो गर्नु भयो’ भनेका छन् । उनीहरुले यो क्षेत्रमा धेरै बदमासी भएको छ भनेर गएका छन् । मैले पनि सुनेको छु, मेरो अगाडि एउटा कुरा गर्ने अनि बाहिर गएर अर्कै कुरा गर्ने र व्यवसायीलाई आन्दलोलन उक्साउने काम गरेको भए त मेरो भन्नु केही छैन । केही व्यवसायीहरुले त ‘अब हामी पनि उजुरी गर्न आउँछौँ’ भनेर गएका छन् ।
पत्रकारिता कहाँ बिक्यो ?
यो क्षेत्रमा धेरै विकृति छ, हाम्रा दाजुभाई, चेलीबेटी दिनप्रतिदिन विक्री भइरहेका छन् । सञ्चार माध्यमले किन ठाँउ पाँउदैन ? व्यवसायीहरुले तिनै नेपाली बेचेको पैसाबाट विज्ञापन सञ्चारमाध्ययममा विज्ञापन दिन्छन् । अनि धेरै सञ्चारमाध्यम व्यवसायीकै गुनगान गर्छन । राम्राको विज्ञापन गर्ने, फटाहालाई फटाहा भन्ने संस्कारको विकास सञ्चारमाध्यमले पनि गर्न आवश्यक छ । मैले राम्रो काम गरेका व्यवसायीलाई कारबाही गर्छु कहिल्यै भनेको छैन । खराब गर्नेलाई कारबाही गर्छु भनेको मात्र हो । यसमा मिडिया किन चुके ? मैले मिडियाको विरोध गर्न खोजेको हैन तर, कताकता यस्तो भएको छ ।
पिल्लर नम्बर ३ः
हामीले अनुसुची १ अुसार काम गर्ने हो । हाम्रोमा आर्थिक अपराध भन्ने पिल्लर नै छ । त्यो पिल्लर नम्बर तीनले हेर्छ । हामी राजश्वका विषयमा अनुसन्धान गर्न सक्छौँ । व्यवसायीहरुले कर तिर्ने बाहनामा छलेको पाइयो भने छोडिन्न । सम्पत्ति सुद्धिकरणसमेत हामीले हेर्ने गरेका छौं । कसको सम्पत्ति कति छ भनेर हेर्ने अधिकार पिल्लर नम्बर तीनलाई छ । बैदेशिक रोजगारीमा जाने कामदारसँग धेरै पैसा असुल गर्नु पनि अपाराध हो । यस्ता सबै कागजात हेरेर मुद्वा चलाउने हो भने सबै व्यवसायी पर्छन् ।
उदण्डलाई किन छाड्ने ?
रोजगारीका लागि युवा विदेशिन्छन् । त्यसका म्यानपावरले मात्र ठग्दैन । स्वास्थ्य संस्था, अभिमुखीकरण तालिम दिने संस्थालेसमेत ठग्ने गरेका रहेछन् । सबै स्वास्थ्य संस्थाले स्वास्थ्य परिक्षण गरेर पठाएका छन् त ? सबैले अभिमुखीकरण तालिम दिएका छन् त ? यदि दिएका भए किन युवा ठगिए ? अभिमुखीकरण तालिम दिनेले के भनेर दिए ? ती सबै स्वास्थ्य संस्थाले राज्यलाई तिर्ने सबै कर इमान्दारीताका साथ तिरेका छन त ? नक्कली प्रमाणपत्र बनाएर पठाउने गरेका छन् ।
उनीहरुलाई तालिम दिँदा सबै कुरा भनिदिए त गरिब कामदार ठगिनबाट जोगिने थिए नी ? नेपालमा सबै भनिदिए विदेशमा गएर मर्नुत परे न नी ? जान पाउनुमात्र ठुलो कुरा हैन । विदेशमा गएर पनि काम गर्न नसकेर नेपाल फर्कन चाहन्छु भन्दा मान्दैनन् । हामीले त्यस्तालाई फर्काउने भनेका हौ । भन्दा नमानेपछि ल्याएर कारबाही किन नगर्ने ? सधै उदण्ड बनेर हुन्छ ?
नेता चिन्छु भनेर ‘डनतन्त्र’ चलाउनेका दिन गए
दुई चार जना नेता चिने भन्दैमा डनतन्त्र चलाउँदै हिडने ? कतिदिनसम्म टिक्छ त्यसरी ? गरिबका छोरालाई सधैँ लुटने मात्र ? त्यो पनि धम्की दिएर ? भेडा–बाख्रा जस्तो कोचेर बटुलेर राखेको छ । गाँउमा गएर भेडा–बाख्रा जसरी बटुलेर ल्यायो अनि विदेश पठायो । भेडा–बाख्राको जति पनि मोल छैन मान्छेको ? गाँउबाट ल्याएर दलालले नेपालमा ठग्छ, विदेशमा पुर्याएर पनि अलपत्र नै पार्छन । त्यहाँ पनि ‘डनतन्त्र’ नै छ । मैले यी विषयमा सबै सरोकारवालासँग कुराकानी गरेको छु । सल्लाह लिएको छु । अब त्यसै छाड्नेवाला छैन ।
पार्टीको फोन पनि आँउदो हो नी ?
आजसम्म थोरै नेताले मात्र मलाई मेरो काममा व्याक हट्नु भन्ने गरेका छन् । धेरैले त्यस्तो आँट गर्नुभएको छैन । म्यानपावरको विषयमा फोन आए म उहाँहरुलाई सबैको नम्बर दिएर आफ्नै अगाडिबाट फोन गर्न लगाँउछु । म्यानपावरमा छापा हानेपछि प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका नेताहरुलाई भेट्न व्यवसायीहरु पुगेको थाहा पाएँ । नेता भटेको दिन बेलुका व्यवसायीहरु बसेर रक्सी खाएको पनि सूचना पाएको छु । नेताले भनेको भरमा गलत काम गर्नेहरुलाई प्रहरीले छाड्दैन ।
यसरी हुन्छ म्यानपावरमा ठगी धन्दाः
केही दिन अघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको वकिललाई घुस रकमसहित समातेको समाचार आयो मैले गल्ती गरेको हो रहेछ त ? त्यस घटनाले पनि मैले राम्रो काम गरेको प्रमाणित भएन ? विभागबाट निमुखाले किन न्याए पाएनन् त्यसले प्रमाणित गर्छ । हाम्रो अभियानपछि ती वकिल समातिएका हुन् ।
हराएका मान्छे अब राज्यले खोज्छः
नेपाली नागरिक कहाँ कति मरे ? कति कुहिए ? के गर्दैछन ? कतिलाई विचल्लीमा पारियो ? त्यो हामीले खोज्ने हो । यो काम सर्वेन्द्रको अगुवाइमा सुरु भयो । खराव काम गर्ने डराउँछन् । राम्रो काम गर्ने किन डराउनु ?
सर्वेन्द्रले आतंकित होइन सचेत गराएको होः
प्रहरीको काम आतंकित बनाउने होइन । सहजीकरण गर्ने हो । कानुन नमन्नेलाई कानुनी दायरामा ल्याएको हो । नचाहिने काम गर्न पाउँनुपर्छ भन्ने उहाँहरुको माग छ । हामीले त्यसो गर्न हुदैन भन्यौँ । करोडौँका गाडी चढने अनि मैले जे भन्यो त्यही मान्नुपर्छ भन्ने, हामीले फोन गरेपछि नेता, पुलिसले पनि नमानेर धर भन्ने उहाँहरुको सोचाई गलत छ । म सर्वेन्द्र खनाल केही होइन । म गृह मन्त्रालय अन्तर्गतको अधिकारी हुँ । जे मनलाग्यो त्यही गर्ने मान्छे बेच्ने दुःख दिने अनि नाटक गर्ने ? यसको कारबाही विभागीय मन्त्रीज्यूले गर्नुहोस भन्ने छ । नभए हामी गर्छौ ।
श्रम गर्नेका दिन आए, ठग्नेका गएः
यस अघि म्यानपावर व्यवसायीहरुले जति ठग्नु थियो, ठगे । अब कोही कसैले ठग्ने छ्र्रैनन् । विदेशमा जाने युवा श्रम गर्न जाने हुन । श्रम गर्नेले पारीश्रमिक पाउनुपर्छ । नेपालमा ठगेकै छन विदेशमा पछि दूतावासको ढोका कुरेर ठग्नेको कमी छैन । त्यति मात्र हैन म्यानपावरको दलालहरु विदेशमा बसेर गरिब नेपालीलाई ठग्ने गर्दा रहेछन् । यसरी कुनै नेपाली ठगिए भने सिधै ११७७मा उजुरी गरे हुन्छ । बाँकी कारबाही म गर्छु । मैले जे गरे देश र जनताको लागि गरेको हुँ । त्यसकारण यो अभियानबाट म पछि हटने वाला छैन । व्यवसायी आन्दोलन भन्दै कामदार पठाउने गर्दै आएका छन् । गरिबलाई ठग्ने भन्दै आन्दोलन गरेका छन् । अनि गरिबका सन्तान ठगिनु हुन्न भनेर गरेको यो कामबाट किन पछि हट्ने ?
धर्म गर्न मन्दिर, मस्जिद नै जानु पर्र्दैनः
मानिस धर्म गर्न मन्दिर जाने गर्छन् । अब मन्दिर होइन । कोही कसैलाई पनि नठगौँ । अरुलाई बिचल्ली बनाउने काम नगरौँ भन्ने सोचौँ । यहि हो मन्दिर यहि मस्जिद । विदेशीले पनि नेपाली बेचिने देश भनेर नचिनुन । त्यसका लगि मैले यो काम सुरु गरेको हो । अब सबैले आ–आफ्नो ठाँउबाट राम्रो गरौँ । सबैलाई मेरो आग्रह छ ।
सर्वेन्द ‘हिरो’ नै होः
गलत गर्नेलाई कारबाही गर्नैैपर्छ । मानीसहरुले सर्वेन्द्रले ‘हिरोइज्म’ देखायो भनेर पनि आलोचना गर्ने गर्छन् । राम्रो काम गर्ने हो त्यसो गर्दा हिरो बन्न खोजेको आरोप लाग्छ भने सर्वेन्द्र हिरो नै हो । राम्रो काम गर्दा हिरो भएपछि गुण्डाहरु साफ गर्ने त हिरोको काम नै हो नि ? चलचित्र नै हेर्ने हो भने गुण्डाहरु अन्तिममा हिरोबाटै साफ हुन्छन् र हिरोको जित हुन्छ ।
राजश्व र प्रमाणपत्र हेर्ने हो सबै खत्तमः
म्यानपावर व्यवसायीहरुले राज्यलाई छलेको करलाई गहिरिएर अध्ययन गर्ने हो भने कुनै पनि म्यानपावर कम्पनी बाँकी रहँदैनन् । सबै जाकिन्छन् । गरिब युवालाई विदेशमा बेच्नेहरुको सान कतिसम्म छ । सडकमा हेर्दा अधिकांश नयाँ र मंहगा गाडी उनीहरुकै हुन्छ । राज्यलाई राजश्व नगठेको हो भने नेपाली दाजुभाइलाई नबेचेको हो भने कहाँबाट आँउछ त्यो पैसा ? अभिमुखीकरण तालिम दिने संस्था कामदारको स्वास्थ्यपरीक्षण गर्ने संस्थाको हालत पनि उस्तै छ । नक्कली सर्टिफिकेट दिएर कामदारको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् । नेपालबाट भनेको काम नपाउने, तलब सेवासुविधा नपाउने समस्या छ । उनीहरुलाई पढाएर पठाउने हो भने ठगिनबाट रोकिन्छन् । विदेशमा लगेर अलपत्र पार्ने नेपाल र विदेशमा विमानस्थलमा पुगेर देखाउने फरक फरक कागज हुन्छ । त्यो च्यातिदियो, अनि अलपत्र पार्यो । यसको अन्त्य गर्न जरुरी छ ।
- See more at: http://www.lightnepal.com/6844#sthash.ovnbpD2Q.dpuf

Post a Comment

0 Comments