Subscribe Us

विमानस्थलको भन्सारमा सिआईबीको छापा,
गोदामा भेटियो अध्याधुनिक एयर राईफल

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दा एक अध्याधुनिक एयर राईफल फेला पारेको छ। 

व्यापारीहरुसँग भन्सार कार्यालयका कर्मचारीहरुले मोटो रकम लिएर सामानहरु सेटीङ्गमा छुटाउने गरेको सूचनाका आधारमा सिआइबीले छापा मार्दा सिल  प्याक अवस्थामा  उक्त एयर राइफल फेला परेको हो।

 
उक्त हतियार इजरायलबाट आएको तर कसले ल्याएको भन्ने विषयमा केही नखुलेको सिआईबीले जनाएको छ ।  हतियार कसको र कुन प्रयोजनको लागी ल्याएको भन्ने बिषयमा अनसुन्धान भईरहेको सिआईबीले जनाएको छ ।
विमानस्थलमा कार्यालयले बढी मुल्यका सामान कम मूल्यमा रुपान्तरमा गर्ने, बढी मूल्यका सामानलाई कम मूल्य कर लिने, सामानहरुको जाँच पास नगर्ने, नाप्नु पर्ने सामान जस्तै टिभीको लम्बाइ चौडाइ बढीका लाई मिलेमतोमा कम गर्ने गर्दै कर्मचारीले व्यापारीसँग मोटो रकम असुल्ने सुचना सिआईबीले पाएपछि छापा मारिएको स्रोतले बतायो ।

सिआइबीले भन्सार कार्यालयको गोदाममा रहेका सामानहरुका बारेमा पनि जानकारी लिएको छ अहिलेसम्म कसैको निगरान्ी नगरेको विमानस्थलको भन्सार कार्यालयमा सिआईबीले पहिलो पटक छापा मारेको हो । ।

Post a Comment

0 Comments