Subscribe Us

चोक चोकमा हुन्डी दलाल

काठमाडौं,  चैत १५  । दक्षिण कोरियाका चोक चोकमा नेपाली अवैधानिक हुन्डी दलालको बिगबिगी छ । सस्तो दररेटमा रकम स्वदेश पठाइदिने भन्दै कामदारसँग पेसा उठाउने सब-एजेन्टहरु व्यापक क्रियाशील रहेको पाइएको हो, जसमध्ये अधिकांश एजेन्टले मुख्य दलाल लाई पैसा बुझाउने गर्छन् र उनीहरुले ढिलोचाँडो स्वदेश पैसा पठाइदिन्छन् । आजको कारोबारमा समाचार छ ।
hundi
तर, कतिपय हुन्डी लिडर उठाएको पैसा कुम्ल्याएर भाग्ने या चुपचाप बस्ने गरेका पनि छन् । हालैमात्र एनआरएन कोरियाका सचिव शरणर्थी भिसावाला सोगेन्द्र घले हुन्डीमार्फत सस्तो दरमा नेपाल पैसा पठाइदिन्छु भन्दै करिब ३ करोड नेपाली रुपैयाँ उठाएर फरार भएका छन् । स्रोतका अनुसारउनले उठाएको पैसा सवै क्यासिनोमा हारेका छन् । उनी हाल कोरियामा नभएको बुझिएको छ ।

हुन्डी व्यवसायी बलराम लामिछाने पनि गत वर्षदेखि फरार छन् । उनी पनि कामदारबाट करोडभन्दा बढी उठाएर बेपत्ता भएका हुन् । कोरियाका एनआरएन प्रतिनिधि, एनसीसी प्रतिनिधि, व्यवसायी, शरणर्थी, भिसाबाहक , अवैधानिक , सामाजिक तथा राजनीतिक क्रियाकलाप मा संलग्न हून्डी व्यवसायमा संलग्न छन् ।

Post a Comment

0 Comments