Subscribe Us

सिंगो गाँउनै गाँजा कारोबारमा

उदयपूर । जिल्लाको लिम्पाटार गाबिसमा अबैध रुपमा लुकाई छिपाई राखेको ७० किलो गाँजा प्रहरीले बरामत गरेको छ । बिक्री बितरण गर्न तयार पारेको अबस्थामा उक्त परिमाणको गाँजा प्रहरीले बरामत गरेको हो । 

बिशेष सुचनका आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी निरक्षक बिक्रम लामाको टोलीले सो गाँजासहित कारोबारीलाई नियन्त्रमा लिएको जनाएको छ । 

लामाको टोलीले लिम्पाटार गाबिसको  ९ वडाका बिभिन्न घरमा छापा मार्दा गाँजा बरामत भएको थियो । बिक्री बितरणको लागी गाँजा लुकाई छिपाई राख्ने बर्ष ७० का बलबहादुर मगरको घरबाट २० किलो गाँजा बरामत भएपनि मगर भने फरार भएको प्रहरीले जनाएको छ ।  

बेवारीस अबस्थामा पाखामासमेत ४० किलो गाँजा बरामत भएको छ । पछिल्लो समय लिम्पाटार गाबिसमा संगठित रुपमै व्यवसायिक रुपमा गाँजाको कारोबार हुन थालेपछि प्रहरीले बिषेश अभियान सुरु गरेको प्रहरी निरक्षक लामाले बताए । एक किलो गाँजाको दश हजार सम्म बिक्री हुने थालेपछि स्थानिय गाँजा खेती र कारोबारमा सक्रिय भएको प्रहरीको भनाई छ । 

 

Post a Comment

0 Comments