Subscribe Us

पाँच वर्षपछि पक्राउ परे बलात्कारी मियाँ

विराटनगर, ४ चैत । अदालतबाट कैद सजाय सुनाइएपछि फरारको सूचीमा रहेका जब्बर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । दुईवटा ठूला अपराधमा दोषी ठहर गर्दै मियाँलाई अदालतले १७ वर्ष कैद सजाय सुनाइएको थियो । 
मोरङको कटहरी,२ का २८ वर्षीय मियाँलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो । जवरजस्ती करणी र डाकाको मुद्धामा पुनरावेदन अदालत विराटनगरले १७ वर्ष कैद सजाय सुनाइएका साढे पाँच वर्षदेखि फरार थिए । उनलाई प्रहरीले पाँच वर्षदेखि खोजी रहेको थियो ।

उनलाई डाकामुद्धामा ६ वर्ष कैद सजाय र ६४ हजार ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो भने जबरजस्ती करणी मुद्धामा ११ वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका मियाँलाई बिहीबार पेश गरेपछि तोकिएको कैद भुक्तानका लागि अदालतले जिल्ला कारागार मोरङ चलान गरेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments