Subscribe Us

होलीमा हल्ला गर्ने २ सय २६ पक्राउ

काठमाडौँ । होली पर्वका अवसरमा उच्छृङ्खल गतिविधि गर्ने २२६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यकाको बिभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरीएको हो ।

महानगरीय प्रहरी र ट्राफिक महाशाखाबाट खटिएको टोलीले उच्छृङ्खल गतिबिधीमगर्दै हिँडेको अबस्थामा काठमाडौँबाट १३३, ललितपुरबाट ८३ र भक्तपुरबाट १० जनालाई पक्राउ गरेको जनाएको छ । 

जथाभावी रुपमा लोला हान्दै हिँडेको, मोटरसाईकलमा तिन जना सवार भएका, मापासे गरी सवारी साधन चलाउनलाई प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेक पोष्ट खडागरी नियन्त्रणमा लिएको थियो । 

यस्तै ट्राफिक नियम उल्लङ्घन गरी हिँडेका एक हजार ४ सय ३२ वटा मोटरसाइकल तथा गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Post a Comment

0 Comments