Subscribe Us

भूमिगत सङ्गठनका सैन्य प्रमुख कैलाश ठाकुर प्रहरीको नियन्त्रणमा


जनकपुर, ११ चैत । जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख पृथ्वीसिंह भनिने कैलाश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा ठाकुरलाई सार्वजनिक गरिएको हो । ठाकुरलाई गत माघ २२ गते नेपाली काँग्रेसका कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको र सोही दलका नसिम राईनलाई गोली हानी घाइते बनाएको आरोप लगाइएको छ ।

प्रहरी उपरीक्षक रामदत्त जोशीले ठाकुर घटनामा सुटरको भूमिका निर्वाह गर्ने, फिरौती माग गर्ने र उद्योगपति, व्यवसायी, पेसाकर्मीलाई धम्की दिई अवैध चन्दा असुली गर्नेलगायत कार्यमा प्रत्यक्ष संलग्न रहेको बताए ।

सिरहा जिल्ला मिर्चैया नयरपालिका वडा नं ६ का २० वर्षीय ठाकुरले सो सङ्गठनका तत्कालीन सैन्य प्रमुख अजयसिंह भनिने रामरिझन यादव पक्राउ भएपछि सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रहरीले ठाकुरका सहयोगी र हातहतियार ओसारपसार गर्ने कारी भनिने विनोद यादवलाई समेत पक्राउ गरेको छ । सिरहा जिल्ला भेडिया गाविस–३ का ३० वर्षीय विनोदलाई गोली हानी हत्या गर्ने र बम विस्फोट गराउने कार्यमा संलग्न रहेको अभियोग लगाइएको छ ।

ठाकुर र विनोदबाट पेस्तोल र म्यागजिन एक एक थान, गोली सात राउन्ड तथा मोबाइल, भारतीय सिमकार्ड र नेपाली सिमकार्ड दुई दुई थान बरामद गरिएको छ । 

Post a Comment

0 Comments