Subscribe Us

एनसेल खरिदबिक्री प्रकरण : कर नलगाउनु खुला भ्रष्टाचार

काठमाडौं । एनसेल खरिद बिक्रीमा कर नलगाउनु खुला भ्रष्टाचार भएको नागरिक समाजका अगुवा तथा पूर्वप्रशासकले बताएका छन् । कर लगाउने विषयमा सरकारलाई दबाब दिन उनीहरु सक्रिय हुन थालेका छन् ।
ncell
मोबाइल सेवा प्रदायक एनसेलमा रहेको स्वामित्व स्वीडेनको टेलियासोनेराले मलेसियाको एक्सिएटालाई बिक्री गर्न लागेकोले त्यसमा कर लगाउने सम्बन्धमा नागरिक समाजले पनि छलफल अघि बढाएको छ । 

सुशासनका लागि नागरिक अभियान विषयमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा नागरिक समाजका अगुवा तथा पूर्वप्रशासकले कर प्रशासनले कुनै पनि दबाबमा काम गर्न नहुने बताए । उनीहरुले कर लगाउने पर्याप्त आधार भएकोले त्यसैअनुसार गर्न सुझाव दिए ।

पूर्व मुख्यसचिव विमल कोइरालाले आयकर ऐन ०५८ ले स्पष्ट रुपमा कर लगाउने अखधिकार एनसेल खरिद बिक्रीका विषयमा ठूला करदाता कार्यालयलाई दिएको र करदाता कार्यालयले गर्नुपर्ने बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Post a Comment

0 Comments