Subscribe Us

दिनदहाडै हाकिम क्वाँ–क्वाँ

काठमाडौं । विखण्डनकारी गतिविधि बढेमा आफ्नो भूमिका प्रदर्शन गर्ने भनी प्रधानसेनापतिले बोलिरहँदा सेना चलाउने अड्डाभित्र आपसमै कुटाकुट चल्यो ।

तैँले मलाई के् ठान्या छस् हँ, भन्दै एक जना हाकिम सनक्क सन्किएपछि अर्काले दच्काइहाले । ऐय्या मार्यो, मार्यो, भन्दै हाकिम चिच्याएपछि अफिसभरिका कर्मचारी रमिते लाग्ने नै भए ।


यस्तो दृश्य देखियो, सिंहदरबारस्थित रक्षा मन्त्रालयमा । एमाले उपाध्यक्ष भीम रावल मन्त्री रहेको त्यहाँ अहिले शिरदेखि तीरसम्म एमाले कर्मचारीले भरिभराउ छ ।

 तैपनि, आ–आफूमा बाझाबाझ चल्यो । मन्त्रालयको लेखा नियन्त्रक अर्जुन पुरासैनी, र कानुनका सहसचिव तोयानाथ अधिकारीबीच कुटाकुट चलेको हो । मन्त्रालयमा भएमध्येका यीद दुई पुराना साथी हुन् । जनआस्था साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments