Subscribe Us

यस्तो छ आईजीपी फाल्ने एमाओबादीको तयारी

काठमाडौं, २० फागुन । संगठनको हितमा काम गरेको दावी गर्दै आएका नेपाल प्रहरीका प्रमुख आइजीपी उपेन्द्रकान्त अर्याललाई हटाउन एकीकृत नेकपा माओवादीको एउटा समूह नै लागिपरेको छ । 

प्रहरीको पछिल्लो सरुवा र बढुवामा अर्यालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै दबाबमा काम गरेपनि केही नेताहरु भने अर्यालप्रति सन्तुष्ट छैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार राजनीतिक नेताहरुसँग कम घुलमिलमा रहँदै आएका आईजीपी अर्याललाई एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुनलगायतको समूहले हटाउन प्रचण्डलाई सल्लाह दिएका छन् । अर्याललाई हटाइनुपर्ने खासै ठूलो कारण नभएपनि प्रहरीमा आफूले भने अनुसार काम नहुने भएका कारण हटाउनु पर्ने उनीहरुको निष्कर्ष रहेको एमाओवादीका एक नेताले बताए । यसमा प्रचण्डका भतिजा समिर दाहालले पनि उचाल्ने गरेका छन् ।

त्यसो त आईजीपीको दौड हुँदा एआईजी सुरेन्द्रबहादुर शाहलाई आईजीपी बनाउन एमाओवादीभित्र लबिङ गर्ने प्रमुख व्यक्ति जनार्दन नै थिए । राजनीतिक तहमा शाहका उनी सबैभन्दा निकट व्यक्तिका रुपमा चिनिन्छन् । आईजीपी अर्यालको कार्यकाल अझै एक वर्ष बाँकी छ । त्यसकारण कार्यकाल पूरा गर्न नदिई उनलाई हटाएर आईजीपी हुने दाउमा अन्य एआईजी पनि लागेका छन् । जसमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह, बिज्ञानराज शर्मालगायत छन् ।

उनीहरुमध्ये सबैभन्दा बलियो शाह नै हुन् । भण्डारीले कान्तिपुर मिडियामार्फत कहिले लेख लेखर त कहिले चार डिआईजीहरुको बढुवामा आईजीपी बाधक बनेको समाचार प्रकाशित गर्न लगाई अर्यालविरुद्ध लाग्दै आएका छन् । सर्वोच्च अदालतले बढुवा गर्न पटक–पटक निर्देशन दिएका चार डिआईजीहरुप्रति अर्याल पछिल्लो समय नरम बन्दै आएका छन् । स्रोतका अनुसार डिआईजी यादव अधिकारीलाई अर्यालले पटक–पटक भेटेर सल्लाह दिने गरेका छन् । तर, गृहमन्त्री शक्ति बस्नेत निकटका आफन्तहरुले करोडौं अफर गरेपछि बढुवा प्रक्रिया अन्यौलमा परेको हो ।

यसअघि संसदको राज्य व्यवस्था समितिले सुडान भ्रष्टाचार प्रकरणमा छानबिन गर्दा तत्कालिन आईजीपी रमेशचन्द्र ठकुरी हटेर रविन्द्रप्रताप शाह आईजीपी भएका थिए । तर अर्याल भ्रष्टाचरमा अहिलेसम्म मुछिएका छैनन् ।

आफूलाई हटाउन लागिको सुईंको पाएपछि केही दिन अघि अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कुराकानी गरेको अर्याल निकट स्रोत बताउँछ । आफू लगायत गृहमन्त्री शक्ति बस्नेतका धेरै कुरा नमान्ने र सिधै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीको निर्देशन मात्र मान्ने गरेका कारण जनार्दनको समूह आइजीपी अर्याललाई हटाउने खेलमा लागेको बताइन्छ ।

Post a Comment

0 Comments