Subscribe Us

प्राइम ब्रान्डको सिमेन्ट विक्री वितरणमा रोक,
गुणस्तर तथा नापतौल विभागले भन्यो, उद्योगका उत्पादन कमसल

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले कमसल सिमेन्ट उत्पादन गरेको भन्दै दुई सिमेन्ट उद्योगको उत्पादन बिक्री वितरणमा रोक लगाएको छ । विभागले शुक्रवार विज्ञप्ति जारी गर्दै इस्टर्न कसमस सिमेन्ट मोरङबाट उत्पादित तेज ब्रान्ड र ओम सिमेन्टबाट उत्पादित प्राइम ब्रान्डको सिमेन्ट विक्री वितरणमा रोक लगाएको हो ।विभागका महानिर्देशक विश्ववावु पुडासैनीका अनुसार कम गुणस्तर परीक्षण गर्दा कमसल देखिएकोले विक्री वितरणमा रोक लगाइएको हो । 
 
तेज ब्रान्डमा फ्लाइएसको मात्रा बढी देखिएको थियो । विभागका अनुसार फ्लाइएसको मात्रा २५ प्रतिशत भन्दा कम हुनुपर्नेमा तेज ब्रान्डमा ३८ प्रतिशत देखिएको थियो ।

सिमेन्ट बनाउन क्लिंकर, जिप्सन र फ्लाइएसको प्रयोग हुन्छ । फ्लाइएसको मात्रा बढी हुने सिमेन्ट बलियो हुँदैन ।‘सस्तो उत्पादनका लागि फ्लाइएस बढी प्रयोग गरिएको पाइएको छ । हामीले तोकेको भन्दा बढी पाइएपछि तत्कालै विक्री वितरण रोकेका हौ, उनले बिजमाण्डूसँग भने, ‘बजारमा पठाइएका सबै सिमेन्ट तत्काल फिर्ता लिन समेत उद्योगलाई निर्देशन दिइसकेका छौ ।

उनका अनुसार १५ दिनभित्र इस्टर्न कसमसले चितबुझ्दो जवाफ नदिए नेपाल गुणस्तर चिन्ह समेत खोसिनेछ । चितवनमा रहेको ओम सिमेन्टले गुणस्तर चिन्ह नलिई प्राइम ब्रान्डको सिमेन्ट विक्री गरेको विभागले जनाएको छ । यो सिमेन्टमा पनि फ्लाइएसको मात्रा बढी भेटिएको छ ।

 विजुलीको तार पनि गुणस्तरहीन
 
विभागले विजुलीको तार गुणस्तरहीन उत्पादन गरेको भन्दै तीन उद्योगको तार बिक्रीमा रोक लगाएको छ । मेगा केवल, लुम्विनी केवल र शिखर केवुलका  तार गुणस्तरहीन रहेको भन्दै विक्री वितरणमा रोक लगाएको हो ।

मेगा केवलको मेगा ब्रान्डको पिभिसी केवुलको मास अफ कन्डक्टरको मान आवश्यकता अनुसार नरहेको भन्दै बजारमा पुगेका सबै तार फिर्ता लिन निर्देशन दिएको छ । विभागले उत्पादित तार विक्री वितरणमा समेत रोक लगाएको छ । लुम्विनी केवलको लुम्विनी ब्रान्डको ३र०।७१, ३र०।९१, ७र०।७१ र ७र०।९१को पिभिसी केवुलको कन्डक्टरको व्यास र तौल आवश्यकता अनुसार नभएको भन्दै सबै उत्पादन फिर्ता लिएर विक्री वितरण रोक्न विभागले निर्देशन दिएको छ ।

शिखर केवुलको शिखर ब्रान्डको ३र०।७१को पिभिसी केवुलको कन्डक्टरको व्यास, तौल र रेजिष्टेन्स आवश्यकता अनुसार नभएको भन्दै सबै उत्पादन फिर्ता लिएर बिक्री वितरण रोक्न विभागले आदेश दिएको छ । बिजमाण्डुबाट
काठमाडौं । गुणस्तर तथा नापतौल विभागले कमसल सिमेन्ट उत्पादन गरेको भन्दै दुई सिमेन्ट उद्योगको उत्पादन बिक्री वितरणमा रोक लगाएको छ ।
विभागले शुक्रवार विज्ञप्ति जारी गर्दै इस्टर्न कसमस सिमेन्ट मोरङबाट उत्पादित तेज ब्रान्ड र ओम सिमेन्टबाट उत्पादित प्राइम ब्रान्डको सिमेन्ट विक्री वितरणमा रोक लगाएको हो ।विभागका महानिर्देशक विश्ववावु पुडासैनीका अनुसार कम गुणस्तर परीक्षण गर्दा कमसल देखिएकोले विक्री वितरणमा रोक लगाइएको हो । तेज ब्रान्डमा फ्लाइएसको मात्रा बढी देखिएको थियो । विभागका अनुसार फ्लाइएसको मात्रा २५ प्रतिशत भन्दा कम हुनुपर्नेमा तेज ब्रान्डमा ३८ प्रतिशत देखिएको थियो ।

सिमेन्ट बनाउन क्लिंकर, जिप्सन र फ्लाइएसको प्रयोग हुन्छ । फ्लाइएसको मात्रा बढी हुने सिमेन्ट बलियो हुँदैन ।‘सस्तो उत्पादनका लागि फ्लाइएस बढी प्रयोग गरिएको पाइएको छ । हामीले तोकेको भन्दा बढी पाइएपछि तत्कालै विक्री वितरण रोकेका हौ, उनले बिजमाण्डूसँग भने, ‘बजारमा पठाइएका सबै सिमेन्ट तत्काल फिर्ता लिन समेत उद्योगलाई निर्देशन दिइसकेका छौ ।

उनका अनुसार १५ दिनभित्र इस्टर्न कसमसले चितबुझ्दो जवाफ नदिए नेपाल गुणस्तर चिन्ह समेत खोसिनेछ । चितवनमा रहेको ओम सिमेन्टले गुणस्तर चिन्ह नलिई प्राइम ब्रान्डको सिमेन्ट विक्री गरेको विभागले जनाएको छ । यो सिमेन्टमा पनि फ्लाइएसको मात्रा बढी भेटिएको छ ।

 विजुलीको तार पनि गुणस्तरहीन
विभागले विजुलीको तार गुणस्तरहीन उत्पादन गरेको भन्दै तीन उद्योगको तार बिक्रीमा रोक लगाएको छ । मेगा केवल, लुम्विनी केवल र शिखर केवुलका  तार गुणस्तरहीन रहेको भन्दै विक्री वितरणमा रोक लगाएको हो ।

मेगा केवलको मेगा ब्रान्डको पिभिसी केवुलको मास अफ कन्डक्टरको मान आवश्यकता अनुसार नरहेको भन्दै बजारमा पुगेका सबै तार फिर्ता लिन निर्देशन दिएको छ । विभागले उत्पादित तार विक्री वितरणमा समेत रोक लगाएको छ । लुम्विनी केवलको लुम्विनी ब्रान्डको ३/०.७१, ३/०.९१, ७/०.७१ र ७/०.९१को पिभिसी केवुलको कन्डक्टरको व्यास र तौल आवश्यकता अनुसार नभएको भन्दै सबै उत्पादन फिर्ता लिएर विक्री वितरण रोक्न विभागले निर्देशन दिएको छ ।

शिखर केवुलको शिखर ब्रान्डको ३/०.७१को पिभिसी केवुलको कन्डक्टरको व्यास, तौल र रेजिष्टेन्स आवश्यकता अनुसार नभएको भन्दै सबै उत्पादन फिर्ता लिएर बिक्री वितरण रोक्न विभागले आदेश दिएको छ । - See more at: http://www.bizmandu.com/content/-16042.html#sthash.N1Swt3gi.dpuf

Post a Comment

0 Comments