Subscribe Us

चोर श्रीमान छुटाउन श्रीमतीले गरिन अपहरण,
बालिकालाई हलमा फिल्म देखाउँदै भुलाउँदै

ललितपुर । चोरीको अभियोगमा थुनामा रहेका आफ्नो श्रीमान छुटाउन एक श्रीमतीले आठ बर्षीय बालिकाको अपहरण गरकी छिन् । जिल्ला अदालत काभ्रेले चोरी मुद्दामा थुनछेक आदेश गर्दै बिष्णु भण्डारीसँग २ लाख ५० हजार धरौटी मागेपछि श्रीमती विनिता बास्कोटाले उक्त पैसाको जुगाड गर्न बालिका अपहरण गरेकी हुन । बास्कोटाले देवर भिमसेन भण्डारीको सहयोगमा बालिका अपहरण गरी बन्धक बनाएको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ । 

अपहरण पश्चात अनसुन्धानमा जुटेको महानगरीय प्रहरी परिसर ललितपूरले काठमाडौं चावहिलस्थित पुर्वेली गेष्ट हाउसमा बन्धक बनाइराखेको अवस्थामा अपहरित बालिकाकोे उद्धार गर्न सफल भएको जनाएको छ । ललितपूर च्यासलमा कोल्ड स्टोर सञ्चालन गरिबस्ने काभ्रेका बलराम पाण्डेकी आठ वर्षीया छोरी सम्झना पाण्डेलाई अपहरणकारीले अपहरण गरी बन्धक बनाएका थिए ।
अपहरणमा परेकी बालिका अभिभाबकको साथमा

अपहरणको मुख्य योजनाकार बास्कोटा पाण्डेकै स्टोरमा काम गर्ने कामदार रहेको खुलासा भएको छ । सोमबार साँझ अपहरणमा परेकी बालिकालाई मंगलबार दिउँसो चावहिलबाट प्रहरीले उद्धार गरेको थियो । जिल्ला अदालत काभ्रेले २९ फागुणमा बास्कोटाकोे श्रीमान बिष्णुसँग दुई लाख ५० हजार धरौटी मागेपछि देबर भाउजु नै उक्त पैसाको जुगाड गर्न अपहरणको योजना बुन्दै हिडेको समेत खुलासा भएको छ । तेस्रो निशानामा पाण्डे अपहरण भएको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ ।

पाण्डेकै आफ्न्त अपहरण गर्ने देबर भाउजु उदयपुर गाईघाट सम्म पुगेको अनसुन्धानमा खटिएका एक प्रहरीले बताए । उदयपुरको मिशन फेल भएपछि भोलीपल्ट उनिहरु काठमाडौं फर्केका थिए । काठमाडौं आउनसाथ आफ्नै श्रीमान बिष्णुको आफन्त अपहरण गर्न महाराजगञ्जमा दोस्रो प्रयास गरे । तर त्याहा बालक सानो भएको कारण लुकाउन समस्या हुने भन्दै मिशन चेन्च गरे । 

 योजना कतै सफल नभएपछि भिमसेन र विनिता आफैँले हेरचाह गर्दै आएकी आठ वर्षीया सम्झनालाई निशाना बनाएरको प्रहरीले बताएको छ ।  अपहरण पश्चात अपहरण कारी भिमसेनले सम्झनालाई बसमा चढाई महाराजगञ्ज शिक्षण अस्पतालस्थित एक गेष्ट हाउसमा राखेका थिए । अपहरणको दोस्रो दिन गोपीकृष्ण हलमा लगी सम्झनालाई दुई सो सिनेमा देखाएका थिए । पक्राउ परेका दुबैलाई प्रहरीले ललितपुर जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिएर थप अनुसन्धानका लागि हिरासतमा राखेको छ ।



Post a Comment

0 Comments