Subscribe Us

सरकारले वेवास्ता गर्दा विद्युतीय बस अन्योलमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउने भनेको विद्युतीय बस (इ-बस) को बिषय अन्योलमा परेको छ । 

इ-बस किन्न अध्ययन प्रक्रिया पुरा गरिसक्दा समेत सरकारले खासै वास्ता नगरेकाले पक्रिया अघिबढ्न नसकेको महानगरपालिकाका सार्वजनिक निजी साझदारी शाखा प्रमुख शिव अधिकारीले जानकारी दिएको आजको नागरिक दैनिकमा समाचार छ ।
Irisbus_Cristalis_ETB18_C1_Lyon_TCL_PDVM_Ibou
उनका अनुसार चीनको मोटर कम्पनी सिआरआरसिटीका प्रतिनिधिले उपत्यकाको सडक अध्ययन प्रतिवेदन समेत बुझाइसकेको छ । सुरुमा जस्तो बस ल्याउने विषयको सक्रियता अहिले नदेखिएको उनले बताए ।
विद्युतीय बस ल्याउन महानगरपालिका तयार रहे पनि सरकारका तर्फबाट प्रतिक्रिया नआकाले आलटाल भएको अधिकारीले बताए ।

चीनले नेपाललाई २० वटा बस अनुदानमा दिने र नेपालले १० वटा किन्ने सहमति भएको थियो । सोहीअनुरुप महानगरपालिकाले काम थालेको थियो । त्यसका लागि चिनियाँ टोली नेपाली सडक अध्ययन गरेर स्वदेश फर्किसकेको छ ।

चीनले अनुदानमा उपलव्ध गराउन लागेको सो विद्युतीय मिनीबस दिनमा एकपटक दुई घण्टा चार्ज गरेपछि दुई सय किलोमिटर गुड्छ ।

Post a Comment

0 Comments