Subscribe Us

एकाएक करोडपति !

काठमाडौं । 

घरखर्चमा परिवारलाई ऋण लागेपछि ‘धन कमाउन’ पर्देसिएका दोलखाका कुलप्रसाद शिवाकोटीले गाउँ आएर भूकम्पपीडितलाई २१ लाख रुपैयाँ सहयोग गरे ।

उनी अर्च अभावमा एसएलसीभन्दा माथि पढ्न नसम्ने भएपछि १० वर्षअघि घरबाट रोजगारीको खोजी गर्दै बाहिरिएका थिए ।  अाजको कारोबारमा समाचार छ ।

२८ वर्षीय शिवाकोटीले भूकम्पले क्षति पुर्‍याएको वर्ष बित्न लाग्दा पनि सरकारले घर बनाउन सहयोग गर्न नसकिरहेको अवस्थामा आफ्ना गाउँलेलाई आर्थिक सहयोग गरेका हुन् ।

रोजीरोटीको खोजीका क्रममा भारतको सिक्किम पुगेका बेला उनको मेहेनत देखेर स्विस नागरिक बर्न, विश्वविद्यालयका प्रा डा  जर्ज भान ड्रिम प्रभावित भएका रहेछन् । ड्रिमले रेस्टुराँ सञ्चालन गर्न लागेको भन्दै आफूलाई पोखरा ल्याएको उनले सुनाए ।

उनले सिक्किममा इँट्टा बोक्नुका साथै गाडीमा सहचालकको कामसमेत गरेका थिए । १ वर्षको बसाइमा ऋण तिरे पनि घरमा जस्ताको छानो हाल्ने रहरले थप पैसा कमाउन दसैमा नेपाल समेत नआएको उनले बताए । त्यही क्रममा ड्रिमसँग भेट भयो’ उनले भने ।

ड्रिमको रेष्टुराँमा किचेन हेल्परको रुपमा काम थालेका उनी म्यानेजर पदमै पुगे । उनी अहिले त त्यही रेस्टुराँकै सञ्चालक बनेका छन् । ड्रिम जुन देश जान्छन् उनी सहयोगीका रुपमा साथै हुन्छन् ।

Post a Comment

0 Comments