Subscribe Us

निलम्बित सांसद् लामा वैरो विभागबाट ३० लाख धरौटीमा रिहा


काठमाडौँ, १० चैत । १४ थान गोली सहित र्रंगेहात पक्राउ परेका एमाओवादीका निलम्बित सांसद् ल्हारक्याल लामा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दाबाट धरौटीमा रिहा भएका छन् । लामालाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ । 

वैदेशिक रोजगार विभागका प्रवक्ता जनक रेग्मीले लामासँग वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा बयान लिएका थिए । फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनका क्रममा बैंकको लकर जाँच गर्दा १४ थान गोली बरामद गरेको थियो । 

पक्राउ परेका लामालाई गोली बरामद विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडेलगत्रैन वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनःपक्राउ गरेको थियो । 

पीडित केशवबहादुर गुरूङले आफूलाई दुई वर्षअघि वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर नपठाएको भन्दै लामाविरूद्ध विभागमा उजुरी दिएका थिए । 

धरौटीमा रिहा भए लगत्तै सञ्चाकर्मीहरुसँग कुरा गर्दै लामाले भने,‘ विभागले मेरो कुरा नसुनी बिना प्रमाण ३० लाख धरौटी मागेको छ, यसको छानविन हुनुपर्छ, म माथिल्लो निकायमा जान्छु ।’

Post a Comment

0 Comments