Subscribe Us

अरुण सिंघानीया हत्याका योजनाकार डन टक्लाका पाट्नर

धनुषा। सञ्चार उद्यमी अरुण सिंघानीया हत्याका मुख्य योजनाकार चन्द्रदीप यादव पक्राउ परेका छन् । यादबलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । 

०६७ फागुनमा जनकपुरको शिव चोकमा यादवको समुहले सिंघानीयालाई गोली हानी हत्या गरेका थिए । सिंघानीया धनुषाबाट प्रकाशित जनकपुर टुडेका प्रकाशक थिए ।

 हत्या पश्चात फरार भएका सिंघानियालाई पाँचबर्ष पछि धनुषाकै वकील टोलबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्दा यादवसँगै रहेकी उनकी प्रेमिका कल्याणी देवी यादवलाई पनि पक्राउ नियन्त्रमा लिएका जनाएको छ ।यादवले भारतको जयनगरमा बसेर नेपालमा अपराधिक गतिविधि चलाउँदै आएको प्रहरीको दाबी छ । 

यादव जनकपुर बम विस्फोटका योजनाकार सञ्जय टक्लाका निकट मानिन्छन् । टक्ला हाल डिल्लीबजार कारागारमा छन् । यादव माथि माघ २२ मा धनुषामा राजेन्द्र प्रसादको हत्या गरेको र धनुषामै नसिद मियाँ र राम सोघारत महतोलाई गोली हानेको आरोपसमेत छ ।

Post a Comment

0 Comments