Subscribe Us

लागुऔषधसहित तीन पक्राउ

पोखरा । वडा प्रहरी कार्यालय वैदामले लागुऔषधसहित तीनजनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा–१७ का अरुण तामाङ, स्याङ्जा फेदीखोला गाविस–८ का मोहन गुरुङ र झापा दमक नगरपालिकाका शर्मिला खजुम भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


अभियुक्तले पोखरा–६ खहरेस्थित सडकमा ग१च ६७९० को कारमा डाइजायाम १३, लुपिजेसिक १३ र फेनेरागन १३ वटा बिक्री गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

Post a Comment

0 Comments